३० जेठ काठमाडौ । न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको इजलासमा मङ्गलवार सुनुवाइ सुरु भएको हो । जेठ २२ गते न्यायाधीश कुमार रेग्मीको इजलास, जेठ २५ गते न्यायाधीश प्रकाशमान सिंह राउत, जेठ २६ गते न्यायाधीश डा आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिए पनि ‘हेर्न नभ्याउने’मा परेको थियो ।
जेठ २९ गते न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको उक्त रिट बेन्च नै बस्न नसकेपछि स्थगित भएको थियो । नियमित पेसीमा चढेको उक्त रिटमा मङ्गलवार भने सुरुवाई सुरु भएको छ ।