३१ जेठ काठमाडौ । गोरखा जिल्लाको धार्चे गाउँपालिका-६ काशीगाउँमा तीन वटा विद्यालयहरुलाई चार लाख रुपैया बराबरको फर्निचर लगायतका सामाग्री सहयोग प्रदान गरिएको वडाध्यक्ष धनबहादुर घलेले जानकारी दिनुभयो । एलजास नेपालको आर्थिक सहयोग तथा हिमाली साइनो फाउण्डेसन र लैस विस्तारित संस्थाको सहकार्यमा विद्यालयलाई फर्निचर सहितका सामग्री वितरण गरिएको उहाँले बताउनुभयो ।
काशीगाउँमा रहेको मन्जुश्री मावि, चन्द्रदेवी, सूर्यदेवी आधारभूत विद्यालयलाई फाउण्डेसनका अध्यक्ष धनप्रसाद गुरुङ र लैस विस्तारित संस्थाका संस्थापक संयोजक इत्ता गुण्डले केहि दिन पहिला सामग्री वडा कार्यालयलाई हस्तान्तरण गरीएकाे वडाध्यक्ष घलेले जानकारी दिनुभयो । उक्त सामाग्री वडाध्यक्ष चलेले विद्यालयलाई उपलब्ध गराएको हो । दराज, कुर्मी, फिल्टर, स्पीकर लगायतका सामग्री उपलब्ध गराएको वडाध्यक्ष घलेले जानकारी दिनुभयो ।संस्थाहरूले विद्यालयहरुलाई उपल गराएको शैक्षिक सामाग्रीको मूल्य करिव ४ लाख रुपैया बरावरको रहेको वडाध्यक्ष घलेले बताउनुभयो