Logo

बिहिवार, श्रावण १४ गते २०८३

 गोरखा पालुङटारको नगरक्षेत्र भित्रका जग्गाको बर्गिकरण

 गोरखा पालुङटारको नगरक्षेत्र भित्रका जग्गाको बर्गिकरण

जोईन खबर

३१, जेठ २०८०
  • 676
    SHARES
  •  गोरखा पालुङटारको  नगरक्षेत्र भित्रका जग्गाको बर्गिकरण

    ३१ जेठ काठमाडौ । गण्डकी प्रदेश गोरखाको पालुङटार नगरपालिका भित्रका जग्गाको बर्गिकरण सम्पन्न गरेको छ । नगरपालिकाले भूउपयोग ऐन, २०७६ र भूउपयोग नियमावली, २०७९ को प्रावधान अनुसार नगरपालिका क्षेत्र भित्र रहेका जग्गाहरुको वर्गीकरण सम्पन्न गरेको नगरप्रमुख बिबस चिन्तनले जानकारी दिनुभयो ।

    images

     नगरक्षेत्र भित्रका जग्गालाई ९ भागमा बर्गिकरण गरेको छ ।  जसमा कृषि, व्यवसायिक, सांस्कृतिक तथा पुरातात्विक, बनक्षेत्र, नदी खोला, औधोगिक क्षेत्र, सार्वजनिक उपयोग र आवासिय सहित ९ भागमा जग्गाको बर्गिकरण गरिएको हो । त्यस्ता कित्ताहरुको हकमा कुनैपनि जग्गा धनीले स–प्रमाण पेश गरेमा सम्बन्धित वडाले अद्यावधिक गरी सिफारिस दिनुपर्ने र सोही समयमा त्यस्ता किताहरुको परिमार्जन तथा अध्यावधिक समेत गर्ने व्यवस्था गरिएको नगरप्रमुख चिन्तनले बताउनुभयो ।

    कित्ता,नापी नक्सा तथा फाइल नक्सा अध्यावधिक नभएका स्थानमा हालको वर्गिकरण अनुसार जुन कित्ता भिडान हुन्छ त्यही अनुसार कित्ता वर्गिकरणमा अध्यावधिक गर्ने व्यवस्था बर्गिकरणमा गरिएको छ । अहिले बर्गिकरण गरिएका कुनै पनि कित्ता मालपोतमा सिफारिस गर्नु अघि नै अन्य वर्गमा पर्ने पर्याप्त आधार पेश भएमा सोही अनुसारको सिफारिस गरी अध्यावधिक गर्ने व्यवस्था बर्गिकरणमा गरिएको उहाँले बताउनुभयो ।नगरपालिकाले आजदेखि लागू हुने गरी नगरपालिका अन्तर्गत रहेका सवै जग्गाको कित्ताकाट खुल्ला भएको नगरप्रमुख चिन्तनले जानकारी दिनुभयो । सवै प्रक्रिया पुरा गरी भूउपयोग क्षेत्र वर्गीकरण गरी नगरपालिकाले जग्गाधनी दर्ता प्रमाणपुर्जामा भूउपयोग क्षेत्र वर्गीकरणको व्यहोरा अद्यावधिक गर्न सार्वजनिक सूचना समेत जारी गरिसकेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारीले जानकारी दिनुभयो ।

     

    प्रकाशित मिति :जेठ ३१, २०८० बुधवार - ११:४८:१५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको