Logo

बिहिवार, श्रावण १४ गते २०८३

गोरखाको ढुङ्गागाढे चोक नजिकै बस दुर्घटना १३ जना घाइते

गोरखाको ढुङ्गागाढे चोक नजिकै बस दुर्घटना १३ जना घाइते

मदन नगरकोटी

३१, जेठ २०८०
  • 727
    SHARES
  • गोरखाको  ढुङ्गागाढे चोक नजिकै बस   दुर्घटना  १३ जना   घाइते

    ३१ जेठ काठमाडौ । गोरखामा यात्रु वाहक बस दुर्घटना भएको छ । गोरखा नगरपालिका वडा नम्बर-८, ढुङ्गागाढे चोक नजिकै बस दुर्घटना भएको हो ।चितवन टाडीबाट गोरखाको आर्खेत तर्फ जाँदै गरेको पृथ्वी यातायातको बस अनियन्त्रित भइ भित्तामा ठोकिएर दुर्घटना भएको हो ।  जसमा दुर्घटनामा १३ जना घाइते भएको जिल्ला प्रहरी गाेरखाले जनाएकाे छ ।  बस दुर्घटनामा घाइते भएकाहरुको अहिले गोरखा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हाल घाइतेहरु सबै अबस्थामा भने सामान्य रहेको  गाेरखा  जिल्ला अस्पतालले बताएकाे  छ ।

    images

    प्रकाशित मिति :जेठ ३१, २०८० बुधवार - १४:२२:४५ बजे

    मदन नगरकोटी

    images
    ताजा अपडेट
    धेरै पढिएको