Logo

बिहिवार, श्रावण १४ गते २०८३

अर्जेन्टिनाका लियोनल मेस्सीले मैले अन्तिम विश्वकप खेलिसके

अर्जेन्टिनाका लियोनल मेस्सीले मैले अन्तिम विश्वकप खेलिसके

जोईन खबर

३१, जेठ २०८०
  • 712
    SHARES
  • अर्जेन्टिनाका लियोनल मेस्सीले  मैले अन्तिम विश्वकप खेलिसके

    ३१ जेठ काठमाडौ । अर्जेन्टिनाका लियोनल मेस्सीले सन् २०२६ को विश्वकप नखेल्ने बताएका छन् । मेस्सी अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि हाल चीनमा छन् । मेस्सीलाई एउटा चिनियाँ पत्रिकाले सन् २०२६ को विश्वकप खेल्ने हो कि भन्ने प्रश्न सोधेको थियो, यस प्रश्नको जवाफमा मेस्सीले भने यो मेरो अन्तिम विश्वकप २०२२ थियो। 

    images

    मेस्सीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई फिफा विश्वकप २०२२ मा च्याम्पियन बनाएका थिए ।म त्यहाँ अर्को विश्वकप हेर्न चाहन्छु, तर म यसमा भाग लिने छैन।सन् २०२२ मा भएको विश्वकप मेस्सीको करियरको पाँचौं विश्वकप थियो।  सन् २००६, २०१०, २०१४ र २०१८ को विश्वकपमा पनि भाग लिएका थिए । ३५ वर्षीय मेस्सीले पाँच विश्वकपमा २६ खेल खेलेका छन्, जसमा १३ गोल गरेका छन् ।मेस्सीले आफ्नो करियरमा १७४ अन्तर्राष्ट्रिय खेलमा १०२ गोल गरेका छन् र अर्जेन्टिनाका लागि सर्वाधिक गोलकर्ता हुन्। अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पनि मेस्सी तेस्रो स्थानमा छन् । 

     

    प्रकाशित मिति :जेठ ३१, २०८० बुधवार - १५:५२:४७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको