Logo

बिहिवार, श्रावण १४ गते २०८३

रातामाटे चोकबाट सुनसहित एक जना पक्राउ

रातामाटे चोकबाट सुनसहित एक जना पक्राउ

जोईन खबर

३१, जेठ २०८०
  • 691
    SHARES
  • रातामाटे चोकबाट सुनसहित एक जना पक्राउ

    ३१ जेठ काठमाडौ । मकवानपुर-१५ को रातामाटे चोकबाट सुनसहित एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१६ का २२ वर्षीय किशन साह रहेका छन् ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी टेकबहादुर कार्कीका अनुसार काठमाडौँबाट जाँदै गरेको प्रदेश २-०३-००१ख ०१५९ नम्बरको बसमा आज बिहान साढे तीन बजे चेकजाँच गर्दा साहलाई सुनसहित पक्राउ गरिएको हो ।

    images

    जाँचका क्रममा साहको जुत्ताको नोकभित्र सुन जस्तो देखिने पहेँलो धातु बरामद भएको हो । त्यसको मूल्य ५६१.३० ग्राम अर्थात् ५४ लाख ४८ हजार ५४२ रुपैयाँ रहेको बताए ।

    प्रकाशित मिति :जेठ ३१, २०८० बुधवार - १७:१७:२१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको