Logo

बिहिवार, श्रावण १४ गते २०८३

सिंहदरबार भित्रका कर्मचारीहरुको सतर्कता केन्द्रले छड्के अनुगमन

सिंहदरबार भित्रका कर्मचारीहरुको सतर्कता केन्द्रले छड्के अनुगमन

जोईन खबर

३२, जेठ २०८०
  • 853
    SHARES
  • सिंहदरबार भित्रका कर्मचारीहरुको  सतर्कता केन्द्रले  छड्के अनुगमन

    ३२ जेठ काठमाडौ । सिंहदरबार भित्रका कर्मचारीहरुले ‘हाजिर गरेर टाप कस्ने गरेको गुनासो बढेपछि सतर्कता केन्द्रले सिंहदरबार दक्षिण गेटमै बसेर अनुगमन गरेको हो ।राष्ट्रिय सतर्कता केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माले कार्यालय समयमा कर्मचारीहरु नहुने गरेको गुनासो आएपछि अनुगमन गरेको बताए ।

    images

    अनुगमनमा खटिएका साथीहरुले कस्तो रिपोर्ट ल्याउनुहुन्छ हेरौं न । उनले कर्मचारीहरुमाथि बेला–बेला अनुगमन गर्ने गरेको भन्दै आजको पनि नियमित प्रक्रिया अनुसारकै भएको बताए ।सतर्कता केन्द्रले सिंहदरबारबाट बाहिरिने कर्मचारीहरुको परिचय पत्र हेर्दै उनीहरुको नाम, कार्यालय, कर्मचारी संकेत नम्बर र बाहिर जानुको कारणसमेतको विवरण टिपोट गरेको छ ।

    विवरणमा अधिकांश व्यक्तिगत कामका लागि सिंहदरबार भित्रबाट बाहिर निस्किएको देखिएको छ । सिंहदरबारबाट बाहिरिने कर्मचारीहरुले व्यक्तिगत काम, छलफल, तेल हाल्न, अस्पताल जान, चिठ्ठी पुर्याउन, खाना खान, संसद भवन जान लगायतका विवरण टिपाएका छन् ।कर्मचारीहरु कार्यालय समय सुरु हुँदा हाजिर गर्ने, व्यक्तिगत कामका लागि दिनभर हराउने र बेलुका कार्यालय समय सकिने बेला फेरि  हाजिर गरेर हिँड्ने जनताले भनेकाे जस्ता् सेवा सुबिधा नदिएकाे  कर्मचारीकाे काेठा खाली देखेकाे गुनासो बढेपछि सतर्कता केन्द्रले आज बिहान १० बजेदेखि छड्के अनुगमन गरेको हो ।

    प्रकाशित मिति :जेठ ३२, २०८० बिहिवार - १२:११:०१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको