३२ जेठ काठमाडौ ।सरकारले वैकुण्ठ अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको छ । बिहिबार आकस्मिक बसेको मन्त्रीपरिषद् बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गरेको हो ।अर्याल शुक्रबारदेखि अनिवार्य अवकासमा जाने तयारीमा थिए ।
असोजमा अवकाश हुने मुख्य सचिव शंकर वैरागीलाई राजीनामा गराएर अर्याललाई आकस्मिक रुपमा नियुक्ति दिइएको छ ।हालका सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेका अनिवार्य अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छन् । सचिवको रुपमा उनको पाँच वर्षे कार्यकाल आगामी असार तीन गते सकिंदै थियो ।अनिवार्यलाई तिन दिन अघि नै कार्यकाल नसकिदै मुख्य सचिवमा नियुक्ती गरिएकाे हाे ।