३२ जेठ काठमाडौ । धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्थालाई मर्जर प्रयोजनको लागि नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरिएको छ । राष्ट्र बैंकले बैक तथा वित्तीय संस्था ऐन सम्बन्धी व्यवस्था अनुसार धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार सञ्चालन गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो ।
गाभ्ने/गाभिने दुबै संस्थाले आफ्नो साधारण सभाबाट निणर्य गरे बमोजिम धौलागिरी लघुवित्तको र खप्तड लघुवित्तको शेयर स्वाप अनुपात १ः०.७५ अनुसार शेयर पूँजी मिलान गर्नुपर्नेछ । दुबै संस्थाका सम्पुर्ण शेयरधनीहरुले गाभिएर कायम हुने संस्था धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार गर्नुपर्नेछ भने बताएका छन् ।