३२ जेठ काठमाडौ । झापामा प्रहरी निरीक्षकले आफ्नै प्रहरी कर्मचारी कुटपिट गरेको घटनामा सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी चन्द्रप्रकाश गौतमको नेतृत्वमा केन्द्रीय छानबिन समिति गठन भएको छ।मेचीनगर नगरपालिका-४ स्थित नेपाल-भारत सीमा नकलबन्दामा मङ्गलवार राति सशस्त्र प्रहरी निरीक्षक नमप्रभाव राईले सशस्त्र प्रहरी हवल्दारसहित चार जनामाथि कुटपिट गरेको आरोप छ।
समितिलाई यथाशीघ्र छानबिन गरी प्रतिवेदन बुझाउन भनिएको छ।बुधबार नै कोशी प्रदेशस्थित सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईँको अध्यक्षतामा बुधबार नै ५ सदस्यीय समिति गठन गरेको थियो। व्यक्तिहरूले सशस्त्र प्रहरीको बर्दीमा रहेकाहरूमाथि कुटपिट गरिरहेको देखेपछि स्थानीयहरूले पनि प्रतिकार गरेको कार्कीले बताए।