३२ जेठ काठमाडाै ।गाेरखाकाे सिरानचोक गाउँपालिकालाई पूर्ण खोप पालिका तथा दिगोपन सुनिश्चितता पालिका घोषणा गरिएको छ । गाँउपालिका स्वास्थ्य शाखाले पालिकालाई पूर्ण खोप पालिका घोषणा गरिएको हो ।
सिरानचाेक गाउँपालिका भित्रका सवै वडाहरुले खोपको मापदण्ड पूरा गरेपछि पालिकाले एक कार्यक्रमका बिच गाउँपालिकालाई पूर्ण खोप घोषणा गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टुकमान श्रेष्ठले जानकारी दिनुभयो । यहि मिति २०७९ फागुन र चैत्र महिनामा घरधुरी सर्वेक्षण गरी प्रत्यक वाडकाे बालबालिकालाई पालिकाले खोप लगाएको थियो । गाउँपालिका स्वास्थ्य शाख प्रमुखका अनुसार जन्मदेखि १५ महिना सम्मका ३ सय ३० जना बालबालिका र १६ देखि ५९ महिनाका ७ सय ९७ जना बालबालिकाले पुर्णखोप प्राप्त गरेसँगै पुर्णखोप घोषणा गरिएकोे बताउनुभयो ।
गाउँपालिका पूर्ण खोप घोषणा कार्यक्रममा ज्ञानेन्द्र गुरुङको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख मोहन थापा मगरको प्रमुख अतिथ्यतामा भएको पालिका उपाध्यक्ष रिता देवकोटा, स्वास्थ्य कार्यालय गोरखाका नरजङ ठकुरी, पालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश कुमार यादव, पालिका र वडाका सबै जनप्रतिनिधी,स्थानीय नागरीक लगायतको सहभागिता रहेको बताउनु भयाे ।