३२ जेठ काठमाडाै । गाेरखाकाे भिमसेन थापा गाउँपालिकालाई पूर्ण खोप पालिका तथा दिगोपन सुनिश्चितता घोषणा गरिएको छ । गाँउपालिका स्वास्थ्य शाखाको आयोजनामा आज पालिकालाई पूर्ण खोप पालिका घोषणा गरिएको हो ।
पालिका भित्रका सवै वडाहरुले खोपको मापदण्ड पूरा गरेपछि पालिकाल एक कार्यक्रमका बिच गाउँपालिकालाई पूर्ण खोप तथा दिगोपना सुनिश्चितता घोषणा गरेको गाउँपालिकाका खोप समितिका सचिब भेषराज खनालले जानकारी दिनुभयो । चैत्र १६ देखि २० गतेसम्म ८ वटै वडामा रहेका साना भरख जन्मदेखि १५ महिनाका सम्मका १९७ जान र १६ महिनादेखि ५९ महिनासम्मका ६ सय ९८ जना बालबालिकालाई नियमित खोप दिएको स्वास्थ्य शाखाले जानकारी दिनुभयो । ।
भिमसेन थापा गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जराको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अमृता देबी बस्ती, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारी लगायतका सहभागिता भएका थिए । पूर्ण खोप पालिका घोषणा कार्यक्रममा ८ वटै वडाका स्वास्थ्यकर्मी, स्वयंसेवक लगायतको उपस्थिति रहेको थियो ।