Logo

बिहिवार, श्रावण १४ गते २०८३

श्रीमानको कुटपिटबाट वडा सदस्यको मृत्यु

श्रीमानको कुटपिटबाट वडा सदस्यको मृत्यु

जोईन खबर

३२, जेठ २०८०
  • 568
    SHARES
  • श्रीमानको कुटपिटबाट  वडा सदस्यको मृत्यु

    ३२ जेठ काठमाडाै । काभ्रेपलाञ्चोकमा श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएको  नमोबुद्ध नगरपालिका(११ की दलित महिला सदस्य ज्ञानी बिकको मृत्यु भएको छ ।

    images

    घरायझी झगडामा यही जेठ २९ गते ज्ञानीलाई श्रीमान् शम्भु बिकले कुटपिट गरेका थिए । गम्भीर घाइते भएको ज्ञानीको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    धुलिखेल अस्पतालमा परिक्षणको क्रममा टाउकोमा रगत जमेको पाइएपछि उनको शल्यक्रियासमेत गरिएको थियो । ज्ञानीलाई कुटपिट गर्ने उनका श्रीमान शम्भुलाई प्रहरीले पक्राउ गरिसकेको छ । ज्ञानी अघिल्लो कार्यकालमा पनि दलित महिला वडा सदस्य निर्वाचित भएकी थिइन् ।

     

    प्रकाशित मिति :जेठ ३२, २०८० बिहिवार - २२:३९:२० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको