१ असार काठमाडौ । एसएसपीले प्रहरी कार्यालयभित्रै महिला प्रहरीलाई यौन दुर्व्यवहारको आरोप लागेका योगबहादुर पाललाई गृह मन्त्रालयले निलम्बन गरेको छ। पाललाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहले शुक्रबार निलम्बन गरेको गृह मन्त्रालयका सह सचिव तथा प्रवक्ता जितेन्द्र बस्नेतले बताए । नेपाल प्रहरी प्रदेश कार्यालय, कञ्चनपुरको प्रमुखको रूपमा कार्यरत रहँदा १९ जेठमा उनले सोही कार्यालयमा कार्यरत एक महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेका थिए। महिलाको उजुरीका आधारमा छानबिन गर्दा एसएसपीको गल्ती देखिएपछि उनलाई निलम्बन गरिएको गृह मन्त्रालयका सह सचिव बस्नेतले बताए ।