१ असार काठमाडौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहस सकिएको छ।सरकारी वकिल र जाहेरवालाका वकिलहरूले जवाफी बहस सकिएपछि थुनछेक बहस पनि सकिएको जिल्ला सरकारी वकिल निर्मला मरासिनीले बताइन्।काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले यो प्रकरणका प्रतिवादीलाई थुनामा पठाउने कि साधारण तारेखमा वा धरौटीमा छोड्ने भन्नेबारे आदेश गर्नेछन्।प्रहरीले पठाएको प्रतिवेदनका आधारमा सरकारी वकिलले जेठ १० गते उनीहरूविरूद्ध ठगी, लिखत कीर्ते, राज्यविरूद्ध र संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता गर्ने भएको हो।
बहस सकिएपछि न्यायाधीशले आजै आदेश गर्ने मरासिनीले जानकारी दिइन्।फरार हुनेमा काठमाडौंका ३० वर्षका केशव तुलाधर, इटहरीका अशोक पोखरेल, मोरङका ३९ वर्षीय धिरेन राई र ललितपुर बस्ने दीपा हुमागाईं, इन्द्रजित राईका छोरा निरज राई, ३० वर्षीय राजेश अर्याल, पाँचथरका ६० वर्षीय मोहनराज राई, काठमाडौंका २४ वर्षीय आशिष बुढाथोकी, मोरङकी ४० वर्षीया बिनिता सावदेन लिम्बू, रौतहटका ४२ वर्षीय निरन्जनकुमार खरेल, झापाका ३१ वर्षीय सुनिल बुढाथोकी र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक छन्।