Logo

बिहिवार, श्रावण १४ गते २०८३

कुरिनटारस्थित इच्छाकामना अस्पताल भवन पुन निर्माण थालियाे

कुरिनटारस्थित इच्छाकामना अस्पताल भवन पुन निर्माण थालियाे

जोईन खबर

२, आषाढ २०८०
  • 694
    SHARES
  • कुरिनटारस्थित इच्छाकामना अस्पताल भवन पुन निर्माण थालियाे

    २ जेठ काठमाडाै । चितवनको इच्छाकामना-४ कुरिनटारस्थित इच्छाकामना अस्पताल भवन पुन  निर्माण थालिएको छ । जग्गा स्वामित्वको विवाद समाधान भएसँगै भवन निर्माणको थप कार्य अघि बढेको हो ।गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार जिल्ला वन कार्यालयले जग्गाको स्वामित्व दिन अस्वीकार गरेपछि अस्पताल निर्माण रोकिएको थियो । चालु आर्थिक वर्षमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इच्छाकामना अस्पतालका लागि १८ करोड विनियोजन गरेको थियो ।

    images
    आर्थिक वर्ष २०७६/७७ मा गाउँपालिकाको १० करोड आन्तरिक लगानीमा २५ शय्याको अस्पताल निर्माण सुरु गरिएको थियो । सरकारले देशैभर ‘एक स्थानीय तह एक आधारभूत अस्पताल’ बनाउने योजना ल्याएपछि इच्छाकामना गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माणको योजना परेको थियो । उक्त योजनालाई पनि निर्माणाधीन इच्छाकामना अस्पतालको योजनामा गाभिएको थियो ।

    स्थानीय जनप्रतिनिधिलगायत सबैको पहलकदमी र वन कार्यालयसँग पटक–पटक गरिएको छलफलपश्चात् अस्पतालको स्वामित्वमा जग्गा ल्याएर अस्पताल निर्माण पुनः सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिए ।

    अस्पताल सञ्चालनमा आएपछि इच्छा कामनासहित गोरखाको गण्डकी र सहिद लखन, तनहुँको आँबुखैरेनी र धादिङको बेन घाट रोराङ गाउँपालिकाका जनतालाई सेवा दिन सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालको भनाइ छ ।

     

    प्रकाशित मिति :आषाढ २, २०८० शनिवार - १९:५५:२६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको