Logo

बिहिवार, श्रावण १४ गते २०८३

बालेनको चेतावनी काठमाडौँ महानगरका विद्यालय बन्द गरे कर्मचारी हटाइने

बालेनको चेतावनी काठमाडौँ महानगरका विद्यालय बन्द गरे कर्मचारी हटाइने

जोईन खबर

२, आषाढ २०८०
  • 631
    SHARES
  • बालेनको चेतावनी काठमाडौँ महानगरका विद्यालय बन्द गरे कर्मचारी हटाइने

     २ जेठ काठमाडाै । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र बालेन शाह बालेनले महानगरभित्रका सबै विद्यालय सञ्चालन गर्न निर्देशन दिएका छन् ।विभिन्न पत्रपत्रिकामा देशभरका विद्यालयका सामुदायिक विद्यालयका पठनपाठन बन्द हुने समाचार आएको भन्दै बालेनले  सामुदायिक विद्यालयमा पठनपाठन   व्यवस्थापन समितिलाई निर्देशन दिएका हुन् ।

    images
    केही दिन अघि पत्रपत्रिकामा आएको समाचारप्रति यस महानगरपालिकाको ध्यानाकर्षण भएको छ । नेपाल सरकारको मिति २०६८/२/११ गतेको निर्णयानुसार विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएको तथा विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ को बुँदा न ६.२ को (घ)ले विद्यालयमा कुनै पनि दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि विद्यालय बन्द, हडताल र पठनपाठनमा अवरोध गर्ने जस्ता क्रियाकलापहरू नभएको हुनुपर्ने व्यवस्था गरेको स्मरण गराउँदै काठमाडौँ महानगरपालिकाभित्रका विद्यालयमा विद्यालय शान्ति क्षेत्रको अवधारणा विपरीत हुने गरी कुनै पनि कार्य गर्न बन्देज गरिएको ब्यहोरा सम्बद्ध सबैलाई जानकारीका लागि अनुरोध छ । 
     

    मेयर शाहले बुँदागत रूपमा दिएको निर्देशन यस्तो छ ।

    १. शिक्षक वा कर्मचारी अनुपस्थित भएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐनको दफा ४१ (क)बमोजिम शिक्षक वा कर्मचारीलाई पदबाट हटाइने छ।

    २. विद्यालय व्यवस्थापन समितिबाट नियमित कक्षा सञ्चालनका निम्ति पहल नभएमा एवं नियमित कक्षा सञ्चालनमा कुनै बाधा पुर्‍याउने काम भएमा महानगरपालिका शिक्षा ऐनको दफा २८ बमोजिम विद्यालय व्यवस्थापन समिति विघटन गरिनेछ।

    ३. कुनै संस्थाले बल प्रयोग गरी बन्द गरेको खण्डमा नेपाल प्रहरीसँग समन्वय गरी नियन्त्रणमा लिन लगाई फौजदारी मुद्दा चलाउन पहल गरिनेछ।

    ४. काठमाडौँ महानगरपालिका शिक्षा ऐन एवं प्रचलित अन्य कानुन बमोजिम कारबाही गरिनेछ ।

    प्रकाशित मिति :आषाढ २, २०८० शनिवार - २०:२२:३५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको