Logo

बिहिवार, श्रावण १४ गते २०८३

‘आदिपुरुष’ फिल्म पटकथा लेखक तथा गीतकार मनोज मुंतशिरको विवादित बयान

‘आदिपुरुष’ फिल्म पटकथा लेखक तथा गीतकार मनोज मुंतशिरको विवादित बयान

जोईन खबर

३, आषाढ २०८०
  • 628
    SHARES
  • ‘आदिपुरुष’ फिल्म पटकथा लेखक तथा गीतकार मनोज मुंतशिरको विवादित बयान

    भारतीय फिल्म ‘आदिपुरुष’ का पटकथा लेखक तथा गीतकार मनोज मुंतशिरले नेपालको राष्ट्रियता र सीताको जन्मलाई लिएर विवादित बयान दिएका छन् ।

    images

    भारतीय टेलिभिजन आजतकसँगको अन्तर्वार्तामा उनले सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको बताउँदै जानकी भारतकी छोरी रहेको बताएका हुन् । उनले यो कुरा नेपालीले बुझ्न नसकेको पनि बताए । ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने विवादित डायलगलाई लिएर ब्यापक विरोध भैरहँदा लेखक मुंतशिरले राष्ट्रको रुपमा नेपाल र भारत आज पनि अलग नरहेको तर्क गरे ।

    "नेपालमा भैरहेको विरोधलाई मैले बुझ्न सकेको छैन । सीता भारतकी छोरी हुन् भन्ने कुरा गर्दा नेपाल भारतको हिस्सा थियो । सन् १९०३ वा ४ को कुरा हो, त्यसबेला नेपाल भारतबाट अलग भएको हो । भारत नै थियो नेपाल । यो हिसाबले त सीता भारतकै छोरी थिइन् । नेपालीको चिन्ता मैले यसकारण बुझ्न सकेको छैन । नेपाली त हाम्रा भाई नै हुन् । यो कुरा गर्दा जानकी भारतकी बेटी नै थिइन् । राष्ट्रको रुपमा नेपाल र भारत आज पनि अलग छैनन् । देशको रुपमा अलग भएपनि, सीमाहरु अलग भएपनि राष्ट्रियताको रुपमा यी दुई एउटै हुन् किनभने भारतीय राष्ट्रियताको आवाज नेपालसम्म सुनिन्छ ।"

    प्रकाशित मिति :आषाढ ३, २०८० आइतवार - ०९:४६:१७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको