Logo

बिहिवार, श्रावण १४ गते २०८३

काठमाडौँ महानगरभित्र भोलिदेखि भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी

काठमाडौँ महानगरभित्र भोलिदेखि भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी

जोईन खबर

३, आषाढ २०८०
  • 631
    SHARES
  • काठमाडौँ महानगरभित्र भोलिदेखि भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी

    ३ असार काठमाडौ । काठमाडौँ महानगरपालिकाले भोलिदेखि महानगरभित्र भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी गरेको छ। आदिपुरुष’ चलचित्रमा भएको विवादित संवाद भारतमा नहटाइएपछि महानगरका हलहरूबाट सबै भारतीय फिल्म रोक्ने तयारी गरेको महानगर स्रोतले जानकारी दिएको छ । काठमाडौँका मेयर बालेन साहले शुक्रबार सूचना तथा प्रविधि मन्त्रालयलाई पत्र लेखेर कूटनीतिक तहबाट भारतमा पनि उक्त अंश हटाउन लगाउन आग्रह गरेका थिए।तीन दिन बितिसक्दा पनि भारतमा प्रदर्शन भइरहेको उक्त विवादित अंश फिल्मबाट नहटाइएपछि सबै हलहरूमा नगर प्रहरीहरूले भोलिदेखि भारतीय फिल्म प्रदर्शन नगर्न आग्रह गर्ने जनाइएको छ । 

    images

     

    प्रकाशित मिति :आषाढ ३, २०८० आइतवार - १७:१०:२६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको