Logo

बिहिवार, श्रावण १४ गते २०८३

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२-२०८५/८६) तर्जुमा थालिने

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२-२०८५/८६) तर्जुमा थालिने

जोईन खबर

३, आषाढ २०८०
  • 721
    SHARES
  • गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२-२०८५/८६) तर्जुमा थालिने

    ३ असार काठमाडौ । गण्डकी प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय योजना आर्थिक वर्ष २०८१/८२-२०८५/८६ तर्जुमा थाल्ने भएको छ ।सरकारको आव २०८०/८१ को बजेटमा प्रदेशको समग्र विकासलाई प्रभावकारी बनाउन पहिलो पञ्चवर्षीय योजनाको मध्यावधि समीक्षाबाट प्राप्त अनुभव र यसको मूल्याङ्कनबाट प्राप्त पृष्ठपोषणका आधारमा प्रदेशको दोस्रो पञ्चवर्षीय योजना तर्जुमा थालनी गरिने उल्लेख छ ।

    images

    अर्थमन्त्री जीतप्रकाश आलेले बताए ।बृहत् लगानीयोग्य आयोजनाको पहिचान र प्रादेशिक अर्थतन्त्रको सबलीकरणका लागि स्वदेशी तथा विदेशी लगानीलाई आकर्षण गर्न नीतिगत तथा कानुनी व्यवस्था र लगानीमैत्री वातावरण सिर्जना गरिने उल्लेख गर्दै बजेटमा प्रदेशमा सार्वजनिक तथा निजी लगानीको प्रवर्द्धन गर्न लगानी सम्मेलन आयोजना गरिने भनिएको छ ।सरकारको वित्तीय र भौतिक कार्य प्रगतिलाई अनलाइन अनुगमन प्रणालीबाट विस्तृत अनुगमन गर्न र सुधारका लागि थप पृष्ठपोषण प्राप्त हुने गरी सञ्चालित प्रणालीमा सुदृढीकरण गरिने अर्थमन्त्रीले बताए ।

    प्रदेशको विद्युतीय सुशासन गुरुयोजनाबमोजिम अनलाइन अनुगमन प्रणालीको स्तरोन्नति, यातायात व्यवस्था कार्यालयको डिजिटाइजेसन र रि-इन्जिनियरिङ एवं गण्डकी प्रदेशको आर्थिक सामाजिक प्रोफाइललगायतका कार्यक्रममार्फत सेवा प्रवाहलाई प्रविधिमैत्री बनाई सरलीकरण गरिने उनले बताए ।

     

    प्रकाशित मिति :आषाढ ३, २०८० आइतवार - १७:२९:०२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको