४ असार काठमाडौ । भारतीय चलचित्र ‘आदिपुरुष’का विषयमा यतिबेला नेपालमा मात्र नभएर भारतमा पनि विवाद चलिरहेकाे छ ।काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले ‘आदिपुरुष’ चलचित्र प्रदर्शनमा राेक लगाउने घाेषणा गरेसँगै विवाद झनै चर्किएकाे छ ।आदिपुरुष' चलचित्रमा भएको 'जानकी भारतकी छोरी' भन्ने विवादित संवाद भारतमा नहटाइएपछि महानगरले हलहरूबाट सबै भारतीय फिल्म रोक्ने लगाएको हो । यसअघि मेयर बालेनले फेसबुकमा एक स्टाटस लेख्दै यसलाई भारतमा सच्याउन तीन दिनको समय दिएका थिए । तर नसच्याइएपछि काठमाडौं महानगरपालिकाले साेमबारदेखि महानगरभित्र भारतीय फिल्मको प्रदर्शन रोक्ने लगाएको छ।
सोमबारदेखि देशभर ‘आदिपुरुष’ चलचित्र नचल्ने भएकाे हाे। काठमाडौं महानगरपालिकाको आधिकारिक पत्र बिना नै हल व्यवसायीहरूले फिल्मको प्रदर्शन रोकेको भन्दै वितरक कम्पनीले फिल्म नचलाउने निर्णय गरिएकाे हाे ।
भारतमा पनि शाे राेकियाे
दक्षिण भारतीय स्टार प्रभास, बलिउड नायिका कृति सेनन र सैफ अलि खानकाे अभिनय रहेकाे यस चलिचत्रलाई लिएर बम्बइकाे हिंदु संगठनका कार्यकर्ताहरूले आइतबार बेलुकीदेखि शे राेकेका छन् । भारतमा हिन्दु ग्रन्थ रामायणमा छेडछाड तथा मजाक गरेकाे भन्दै विराेध भइरहेकाे छ । फिल्मको संवादलाई लिएर फिल्मका लेखक तथा निर्देशक पनि ट्रोल भएका छन् । हाल सामाजिक सञ्जालमा फिल्म बहिष्कारको ट्रेन्ड चलिरहेको छ ।
लेखकले गरे संवाद संशाेधन गर्ने निर्णय
विवाद बढेपछि विवादित संवादलाई लिएर बढिरहेकाे विरोधलाई ध्यानमा राख्दै फिल्म निर्माताले चलचित्रकाे संवाद परिवर्तन गर्ने निर्णय गरेका छन् । फिल्मका लेखक मनोज मुन्तासिरले आइतबार ट्विट गर्दै फिल्मको बारेमा स्पष्टीकरण दिँदै यो साता फिल्मबाट विवादित संवाद हटाउने बताएका छन् ।