Logo

बिहिवार, श्रावण १४ गते २०८३

मेरो शेयरको पोर्टफोलियो चलेन,भएको के हाे ?

मेरो शेयरको पोर्टफोलियो चलेन,भएको के हाे ?

जोईन खबर

४, आषाढ २०८०
  • 676
    SHARES
  • मेरो शेयरको पोर्टफोलियो चलेन,भएको के हाे ?

    ४ असार काठमाडौ । आइतबारदेखि मेरो शेयरको पोर्टफोलियोमा समस्या देखिएको छ । सीडिएस एण्ड क्लियरिङको मेरो शेयर पोर्टफोलियो फिचरमा नयाँ बजार मूल्य आधारमा मूल्य परिमार्जन नहुने समस्या आएको हो ।

    images

    बजारको सूचक बढेसँगै आफ्नो लगानी कति बढ्यो भनेर हेर्दा पोर्टफोलियोमा कुनै घट्बढ् नभएर पुरानै मूल्य देखिएकाे थियाे । आइतबारको नेप्से परिसूचक ५२.२६ बढ्दा समेत मेरो शेयर पोर्टफोलियो नबढ्दा लगानीकर्ताहरु निराश छन । मेरो शेयरमा साेमवार पनि समस्या देखिएकाे छ ।

    मेरो शेयरमा कुनै समस्या नभएको सिडिएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले बताए । मेरो शेयरको सेवाहरु सबै चुस्तदुरुस्त रुपमा चलेको छ । आइपिओ भर्ने, इडिआईएस सबै कामहरु भएको उनको दाबी छ । तर पोर्टफोलियाे बजार मूल्य अपडेट भएको छैन् । त्यो सिडिएस एण्ड क्लियरिङको सिस्टममा भन्दा पनि नेप्सेको सिस्टममा समस्या हुँदा अपडेट नभएको आचार्यले प्रष्ट पारे । 

    प्रकाशित मिति :आषाढ ४, २०८० सोमवार - १३:०६:०७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको