Logo

बिहिवार, श्रावण १४ गते २०८३

भारतको उत्तर प्रदेश बिहारमा गर्मीका कारण ९८ जनाको मृत्यु

भारतको उत्तर प्रदेश बिहारमा गर्मीका कारण ९८ जनाको मृत्यु

जोईन खबर

४, आषाढ २०८०
  • 682
    SHARES
  • भारतको उत्तर प्रदेश  बिहारमा गर्मीका कारण  ९८  जनाको मृत्यु

    ४ असार काठमाडौ । भारतको उत्तर प्रदेश  बिहारमा पछिल्लो दिनमा गर्मीका कारण मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको स्थानीय अधिकारीले सोमबार बताएका छन् ।गर्मीका कारण उत्तर प्रदेशमा ५४ जनाको मृत्यु भएको छ भने बिहारमा ४४ जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार गर्मीका कारण बिरामी परी मृत्यु भएका अधिकांश व्यक्ति ६० वर्षभन्दा माथिका रहेका बताइएको छ ।भारतीय मौसम विज्ञान विभाग (आईएमडी) को तथ्याङ्कअनुसार शुक्रबार र शनिबार देशका केही भागमा अधिकतम तापक्रम ४२.२ डिग्री सेल्सियस पुगेको थियो । यो सामान्यभन्दा ४.७ डिग्री सेल्सियस बढी हो ।

    images

    उत्तर प्रदेशको सबैभन्दा बढी प्रभावित जिल्ला बलिया हो । बलियाका प्रमुख स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले लेखेका छन्, “सबै व्यक्ति केही न केही रोगबाट पीडित थिए र अत्यधिक गर्मीका कारण उनीहरूको अवस्था बिग्रिएको थियो । बिहीबार २३, शुक्रबार २० र शनिबार ११ जनाको मृत्यु भएको थियो ।यसबाहेक बलियाको एक जिल्ला अस्पतालमा पछिल्लो तीन दिनमा कम्तीमा चार सय  जनालाई भर्ना गरिएको उहाँले बताउनुभयो ।

    प्रकाशित मिति :आषाढ ४, २०८० सोमवार - १४:११:४१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको