Logo

बिहिवार, श्रावण १४ गते २०८३

१२ जनाको हेलिकोप्टरबाट उद्धार

१२ जनाको हेलिकोप्टरबाट उद्धार

जोईन खबर

४, आषाढ २०८०
  • 688
    SHARES
  • १२ जनाको हेलिकोप्टरबाट उद्धार

    ४ असार काठमाडौ । याङवरक गाउँपालिका– १ फेदीमा पहिरोमा फसेका १२ जनाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। उनीहरूलाई उद्धार गरी स्थानीय विष्णु माध्यमिक विद्यालयमा राखिएको छ। प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार १२ जना  शनिबार रातिदेखि पहिरोमा फसेका थिए।

    images

    हेलिकोप्टरमा उद्धार गरिएकाहरूमा ६० वर्षीया नरमाया गुरुङ, १६ वर्षीय सन्दीप गुरुङ, नौ वर्षीया हिमा गुरुङ, ८० वर्षीय कृष्णबहादुर गुरुङ, ६० वर्षीया डिकमाया गुरुङ, ३५ वर्षीय काजुहाङ गुरुङ, ३० वर्षीया सुनिता गुरुङ, ४३ वर्षीय मनबहादुर गुरुङ, ४४ वर्षीया मनकुमारी गुरुङ, १६ वर्षीया सुष्मा गुरुङ, ७० वर्षीय पदमबहादुर खालिङ र ६८ वर्षीया मनमाया खालिङ छन्। उनीहरूलाई विद्यालयमा अस्थायी आश्रयस्थल बनाएर राखिएको डिएसपी खतिवडाले जानकारी दिए। 

    प्रकाशित मिति :आषाढ ४, २०८० सोमवार - १४:५८:३८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको