Logo

बिहिवार, श्रावण १४ गते २०८३

घोराही सिमेन्टको आइपिओ रद्द भयो

घोराही सिमेन्टको आइपिओ रद्द भयो

जोईन खबर

४, आषाढ २०८०
  • 715
    SHARES
  • घोराही सिमेन्टको आइपिओ  रद्द भयो
    ४ असार काठमाडौ । घोराही सिमेन्टको आइपिओ धितोपत्र बोर्डले तत्काललाई घोराही सिमेन्टको प्राथमिक सेयर (आइपिओ) निष्कासन रोक्का गर्न निर्देशन दिएको छ।केयर रेटिङ नेपाललाई कम्पनीको प्राथमिक सेयर रेटिङ नियम विपरीत गरे/नगरेको भन्दै तीन दिनभित्र जवाफ पठाउन बोर्डले गत जेठ ३० गते पत्राचार गरेको थियो।
     
    रेटिङ कम्पनीले तोकेको दिनमा जवाफ नपठाएको भन्दै प्राथमिक सेयर निष्कासनमा समेत रोक्न लगाएको हो। कम्पनीले सामूहिक लगानी कोष, स्थानीय र वैदेशिक कामदारलाई खुला गरेको सेयर समेत बिक्री भएको थिएन। तर, सर्वसाधारणको लागि जारी गरेको सेयरमा मागभन्दा बढी आवेदन परे पनि आवेदन दिने मिति आजै थपेको थियो। यसक्रममा कम्पनीको सेयरमा १४ जनाभन्दा धेरैले आफ्नो बैंक खातामा रकम नभएपनि ८४ लाखभन्दा बढी कित्ता सेयरको लागि आवेदन गरिएको पाइएको छ। कम्पनीकै तर्फबाट समेत यस्तो भएको हुनसक्ने भन्दै तत्काललाई सेयर जारी प्रक्रिया नै रोक्न धितोपत्र बोर्डले निर्देशन दिएको एक अधिकारीले बताए।

    प्रकाशित मिति :आषाढ ४, २०८० सोमवार - १६:४८:५९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको