Logo

बिहिवार, श्रावण १४ गते २०८३

गण्डकीमा प्रदेशको राजधानी पोखरामा राइड सेयरिङको दर्ता अनिवार्य

गण्डकीमा प्रदेशको राजधानी पोखरामा राइड सेयरिङको दर्ता अनिवार्य

जोईन खबर

४, आषाढ २०८०
  • 691
    SHARES
  • गण्डकीमा प्रदेशको राजधानी पोखरामा  राइड सेयरिङको दर्ता अनिवार्य

    ४ असार काठमाडौ । गण्डकी प्रदेशको राजधानी पोखरामा राइड सेयरिङको इन्ड्राइभ’ प्रयोगकर्ता यात्रु बढ्दै छन् ।विनादर्ता अवैधानिक रुपमा चलिरहेका राइड सेयरिङलाई गण्डकी प्रदेश सरकारले वैधानिकता दिने तयारी गरेको छ ।गण्डकीको आर्थिक विधयेकले राइड सेयरिङ अनिवार्य दर्ताको व्यवस्था गरेको छ । गण्डकी प्रदेशको यातायात व्यवस्था कार्यालयबाट अनिवार्य अनुमतिको व्यवस्था गरेको हो । २०८० चैत मसान्तसम्म अनिवार्य अनुमति लिनुपर्नेछ ।

    images

    दुईपांग्रे सवारीको दर्ता शुल्क २५ हजार रुपैयाँ तोकिएको छ । नविकरण शुल्क १२ हजार ५ सय लाग्नेछ ।चारपांग्रे सवारीले ५० हजार रुपैयाँ तिरेर दर्ता गनुपर्नेछ । नविकरण शुल्क २५ हजार रुपैयाँ तोकिएको छ ।दुईपांग्रे र चारपांग्रे दुवै दर्ता गर्दा ७० हजार रुपैयाँ दस्तुर लाग्नेछ । नविकरण शुल्क ३५ हजार रुपैयाँ तोकिएको छ ।

    प्रकाशित मिति :आषाढ ४, २०८० सोमवार - १७:१४:२५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको