६ असार काठमाडौ । चितवनमा सरकारले चैतेधान खेती गर्ने कृषकका लागि प्रोत्साहन गर्ने गरी पहिलो पटक सञ्चालन गरेको हाे । याे कार्यक्रममा जिल्लाका पाँच पालिकाका कृषकले आवेदन दिएका थिए ।
खैरहनी, राप्ती, रत्ननगर, माडी नगरपालिका र भरतपुर महानगरपालिकामा कृषकले अनुदानस्वरुप रकम पाउने भएका हुन् । कार्यालयका प्रमुख मीनबहादुर पुनका अनुसार ८० हजार पाँच सय १५ कठ्ठामा चैतेधान खेती गरेको निवेदन परेको थियो । निवेदनपश्चात् स्थलगत अनुगमन र प्रमाणीकरणपछि ७४ हजार एक सय २४ कठ्ठामा लगाइएको धानखेतीका लागि प्रोत्साहन रकम वितरण गर्न लागिएको हो ।पुनका अनुसार २० कठ्ठासम्म चैतेधान खेती गर्ने कृषकका लागि प्रतिकठ्ठा रु एक सयका दरले र सोभन्दा बढी गर्नेका लागि रु ९५ का दरले प्रोत्साहन रकम वितरण गरिने छ ।