७ असार काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको एक वर्षको यात्रा अत्यन्त सौहार्दपूर्ण रहेको बताएका छन् ।बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले नेपाली समाज परिवर्तनका लागि तयार भएको आफूहरुले पाएको बताए ।
पार्टी सुरुवात गर्दा नागरिकले आफूहरुलाई विश्वास गरेको तर उक्त विश्वास मतपत्रमा देखिन्छ वा देखिदैन भन्ने आशंका रहेको पनि उनले बताए ।‘तर साँच्चिकै समाज अब परिवर्तनका लागि तयार नै भएको हो र त्यो तयार भएको कुरा मतपत्रबाट नै जाहेर गर्छ भन्ने कुराको एउटा स्पष्ट संकेत, हाम्रो भाषामा घन्टी बजि नै सकेको छcयो एक वर्षको यात्रा अत्यन्त सौहार्दपूर्ण रह्यो ।सभापति लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रास्वपामा आए असाध्यै राम्रो हुने बताए रहयो