८ असार काठमाडौ । केन्द्रिय कारागारमा वरिष्ठतालाई हटाएर कनिष्टलाई चौकिदार बनाउन व्यापक चलखेल भएकाे छ । नेपालकाे केन्द्रिय कारागारहरुमा कारागार व्यवस्थापन कार्यविधि २०७३ अनुसार आन्तरिक प्रशासन प्रमुखको रुपमा रहने चौकिदारको पद निकै शक्तिशाली मानिन्छ । कारागारका कैदीहरुकाे नेतृत्व गर्न पाउने चौकिदार पदको कार्यकाल १ वर्षको हुने र सामान्यतया साउन १ गते नयाँ चौकिदार नियुक्त हुने प्रचलन रहेकोले अषाढ महिना लागेसँगै चौकिदार नियुक्तको लागि सामान्य चलखेल हुने भए तापनि यसपटक भने केन्द्रिय कारागार सुन्धारामा चाैकिदार नियुक्तिको लागि अस्वाभाविक चलखेल हुन थालेकाे देखिन्छ ।
खासगरी १० वर्षको कैद सजाय भुक्तान गरी केहि समय अघि केन्द्रिय कारागारबाट कैदमुक्त भएका रमेश बाहुन भनिने सुजन पौडेलले यसमा अनावश्यक चासो राखी चलखेल गरेकाे कैदीहरुकाे गुनासाे सुनिन्छ । रमेश बाहुनले कारागार भित्र रहँदा विभिन्न मुद्दामा कैद सजाय काटीरहेका केही व्यक्तिहरुलाई हातमा लिई त्यहाँभित्र ठगी एवं अपराधिक गतिविध संचालन गर्ने खाेजेकाे देखिन्छ ।
केन्द्रिय कारागारमा आन्तरिक प्रशासनमा कार्यरत नाइकेहरुमध्ये सबभन्दा वरिष्ठलाई चौकिदार बनाउने प्रचलन विगतदेखि नै चल्दै आएकोले नियमानुसार आफ्ना अनुकूलका कैदीहरुलाई चौकिदार बनाउन नसकिने देखिएपछि हालका चौकिदार तथा सबभन्दा वरिष्ठ नाइकेहरुमाथि अनेक झुठ्ठा आरोप लगाई विभिन्न निकायमा उजुर वाजुर गरी विवादमा ल्याउन खाेजी अन्यत्र कारागारामा स्थानान्तर गराउने प्रयास गरेको देखिन्छ । यसै क्रममा विभिन्न निकायहरुमा उजुर गरेपछि छानविन गर्दा कुनै गलत काम भएकाे नदेखिएपछि कपाेलकल्पित आराेप लगाई प्रायोजित रुपमा संचार माध्यमबाट दुष्प्रचार गर्न खोजेकाे देखिन्छ ।
बाहुनकाे चाहना बमाेजिम प्रचलित नियम विपरित हालका चौकिदार तथा सबभन्दा वरिष्ठ नाइकेहरुकाे अन्यत्र स्थानान्तरण गर्न उक्त कारागारका जेलर ललित बस्नेत तयार नभएपछि जेलरको समेत चरित्र हत्या गर्ने गरी तथ्यहिन एवं भ्रामक समाचार प्रकाशन र प्रशासन गर्ने गरेको पाइएको छ । यस सम्बन्धमा जेलरसँग बुझ्न खोज्दा यस विषयमा केहि बोल्न चाहनु भएन । यसैबीच प्राप्त उजुरीका सम्बन्धमा अध्ययन तथा छानविन गरी कारागार कार्यालयले उजुरीमा उठाइएका विषयहरुमा बुँदागत रुपमा यथार्थ विवरण कारागार व्यवस्थापन विभाग तथा गृह मन्त्रालयमा पठाएकाे बुझिएको छ ।
विश्वस्त श्राेतबाट प्राप्त सूचना अनुसार यस सम्बन्धमा अध्ययन एवं छानविन गर्दा देखिएको व्यहोरा बुँदागत रुपमा देहाय बमोजिम रहेको छ । १. कारागार भित्र लागू औषध तथा मदिराको बेच बिखन भएको भन्ने सम्बन्धमा कारागार प्रशासनले कारागार भित्र जुनसुकै समयमा पनि अनुगमन तथा निरिक्षण गर्ने गरेको तथा सो अनुगमन तथा निरिक्षणको क्रममा त्यस प्रकारको कुनै पनि गतिबिधि भएको नपार्इएको साथै कारागार व्यवस्थापन कार्यविधि २०७३ बमोजिम आन्तरिक प्रशासनका स्टाफहरुको नियुक्ति गर्दा निजहरुको चालचलन तथा गतिबिधि समेत बुझेर नियुक्ति गर्ने गरिएको ।
आन्तरिक प्रशासनका स्टाफहरुबाट सानु भन्दा सानो त्रुटी गरेको प्रमाणित भएमा निज व्यक्ति उपर कारागार प्रशासनबाट तत्काल नियमानुसारको कारवाही गर्ने गरिएको, तथा चौकिदार तथा अन्य आउटर स्टाफहरु कारागार कार्यालयसम्म सुरक्षाकर्मीका साथमा मात्र ल्याउने र लैजाने व्यवस्था रहेको कारण लागु औषध तथा मदिरा जस्ता कारागार भित्र प्रवेश निषेध गरिएका वस्तुहरु कारागार प्रवेश गराएको भन्ने प्रकारको आरोपमा कुनै सत्यता नरहेको, ।
कारागार भित्र लागू औषध भए नभएको चेक जाँच गर्न समय समयमा तालिम प्राप्त कुकुर समेत प्रयोग गर्ने गरिएको, यसै क्रममा मिति २०८०/०३/०२ गते समेत आकस्मिक रुपमा ३ वटै बन्दी गृहहरुमा एकैपटक Dog Sniffing गरिएकोमा कुनै पनि प्रकारको लागू पदार्थ फेला नपरेको, सुर्तिजन्य वस्तु बिक्रि बितरण भने कारागारमा पहिला देखि नै दिइदै आएको र चुरोट सेवनकर्ताहरुले कारागार भित्र रहेको निष्चित एरिया (स्मोकिङ्ग जोन) मा प्रेश गरेर मात्र सेवन गर्नुपर्ने व्यवस्था रहेको र जथाभावी लापरवाही रुपमा चुरोट सेवनमा समेत छुट नभएको व्यहोरा जानकारीका लागि अनुरोध गरिन्छ । २. तरकारी तथा खाद्यान्न पसलले चर्को मुल्य लिई बिक्रि गर्ने गरेको सम्बन्धमा कारागार भित्र रहेका बन्दीहरुको खुल्ला बजारमा सम्पर्क नहुने भएको र निजहरुकै आवश्यकताका लागि कारागार कम्पाउण्ड भित्र कैदी बन्दीहरुद्वारा संचालित तरकारी तथा खाद्यान्न पसल रहेको जसको मूल्य सूची सबैले देख्ने गरि राख्ने व्यवस्था रहेको । समय समयमा कारागार प्रशासनबाट अनुगमन गर्ने गरिएको र राखिएको मूल्य सूचि अस्वभाविक नदेखिएको भएतापनि संभव भए सम्म सुलभ मूल्यमा उक्त पसलहरु संचालन गर्न निर्देशन गरिएको ।
कुनै मालसामानको मूल्य बढी भएको देखिएमा तत्कालै मूल्य समायोजन गराउने गरिएको। ३. बिकृतिको बिरोध गर्ने माथी शारीरिक तथा मानसिक यातना दिने बिषयमा कारागार प्रशासनबाट त्यस प्रकारको कुनै पनि यातना दिन निर्देशन नदिइने, सम्झाउदा बुझाउदा समेत वानी व्यवहारमा सुधार नआएमा कारागारको शान्ति सुव्यवस्थामा असर पार्ने सम्भावना देखिएमा सजाय स्वरुप कारागार स्थानान्तरण गरिने र कतै आन्तरिक प्रशासनबाट यस प्रकारको कारवाही गर्ने गरेको हो की भनी बुझ्दा कही कतैबाट यस प्रकारको सजाय गरेको नबुझिएको ।
हालका कारागार कार्यालयहरु सुधार गृहमा परिणत भइसकेका र यस केन्द्रीय कारागारमा अनुशासनमा राख्नलाई सम्झाउने बुझाउने बाहेक कुनै प्रकारको यातना दिने कार्य गर्ने गराउने नगरिएको । ४. कैदी बन्दीको रकमको ५० प्रतिशत रकम समेत कमिसनको रुपमा लिने भन्ने बिषयमा कुनै कैदी बन्दीको लागि आएको रकम नेपाल प्रहरीले कारागारको गेटबाट रसिद काटेर पठाउने व्यवस्थापन पहिला देखिनै हुदै आएको र रु. दश हजार भन्दा बढी रकम पठाउन चाहनेको हकमा सो रकमको औचित्य र आवश्यकता हेरी बुझी आवश्यक भएमा मात्र कारागार प्रशासनको अनुमतिमा पठाइने र त्यसरी पठाईकाे सवै रकमको अन्तरिक प्रशासनले अभिलेख व्यवस्थापन गरेर पठाउने व्यवस्था रहेको र पठाइएको पुरै रकम सम्बन्धित व्यक्तिकै हातमा पुग्ने गरेको साथै यस कारगारमा नकुल तामा सेर बहादुर बस्नेत र बिस्नु पान्डे लाई रमेश बाहुनले नाइके बनाउन खाेजेकाे थिए। भने कारागार प्रशासनको अनुमतिमा पठाइने र त्यसरी पठाईएको सवै रकमको अन्तरिक प्रशासनले अभिलेख व्यवस्थापन गरेर पठाउने व्यवस्था रहेको र पठाइएको पुरै रकम सम्बन्धित व्यक्तिकै हातमा पुग्ने गरेको छ।