Logo

बिहिवार, श्रावण १४ गते २०८३

गोरखामा जन्ती बोकेर हिडेको जिप दुर्घटना

गोरखामा जन्ती बोकेर हिडेको जिप दुर्घटना

जोईन खबर

८, आषाढ २०८०
  • 754
    SHARES
  • गोरखामा जन्ती बोकेर हिडेको  जिप दुर्घटना

    ८ असार काठमाडौ । गोरखामा जन्ती बोकेर हिडेको जिप दुर्घटना भएको छ । सहिद लखन गाउँपालिका वडा नम्बर ३ सिलिङमा आज बिहान जिप दुर्घटनामा परी मुत्यु हुनेहरुमा सहिद लखन गाउँपालिका–५ ताक्लुङ पोखरीडाँडा घर भएका २५ बर्षका प्रविन थापा, १८ बर्षका निरज थापा, २४ बर्षका बिरबहादुर थापामगर, १७ बर्षकी नविना थापा र ६४ बर्षका धनबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) लामिछानले बताउनुभयो ।

    images

    सहिद लखन गाउँपालिका वडा नम्बर ५ ताक्लुङ स्थित पोखरीडाँडा तर्फ दुलही बोकेर फर्कदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको बोलेरो जीप सिलिङ भन्ने ठाउँमा सडकबाट करिब २ सय ५० मिटर तल खसेर दुर्घटनामा भएको हो । दुर्घटनामा परी १२ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अबस्था गम्भीर उहाँले बताउनुभयो ।

    घाइते हुनेहरुमा सहिद लखन– ५, पोखरीडाँडाका लालु थापा, सुरज राना, नरबहादुर थापा, दोषबहादुर थापा, होमबहादुर राना, सन्दीपा राना, सुरज थापा, चन्द्र थापा, कुलबहादुर राना, लक्ष्मी थापा, मनिका राना, प्रतीक राना रहेका छन् । गम्भीर घाइतेहरुलाई थप उपचारका लागि चितवन पठाइएको छ ।

     

    प्रकाशित मिति :आषाढ ८, २०८० शुक्रवार - १५:३४:०४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको