Logo

बिहिवार, श्रावण १४ गते २०८३

सहिद लखन गाउँपालिकामा दुर्घटनामा एकै गाउँका पाँच जनाको ज्यान गएपछि शोक विदा

सहिद लखन गाउँपालिकामा दुर्घटनामा एकै गाउँका पाँच जनाको ज्यान गएपछि शोक विदा

जोईन खबर

८, आषाढ २०८०
  • 733
    SHARES
  • सहिद लखन गाउँपालिकामा दुर्घटनामा एकै गाउँका पाँच जनाको ज्यान गएपछि  शोक विदा

    ८ असार काठमाडौ । सहिद लखन गाउँपालिकाले आज पालिका भित्र  जिप दुर्घटनामा परी  एकैै गाउँका पाँच जनाले ज्यान गुमाएपछि  त्यस पालिकाले शाेक  विदा गरेको छ । गाउँपालिकाले वडा नम्बर ३ सिलिङमा आज बिहान जिप दुर्घटनामा परी वडा नम्बर –५ ताक्लुङ पोखरीडाँडा घर भएका पाँच जनाको मृत्यु भएपछि शोक मनाउन पालिका भित्र शोक विदा दिइएको प्रमुख प्रशासकिय अधिकृत बाबुराम मगरले जानकारी दिनुभयो ।

    images

    पोखरीडाँडा तर्फ दुलही बोकेर फर्कदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जीप सिलिङ भन्ने ठाउँमा सडकबाट करिब २ सय ५० मिटर तल खसेर हुँदा मृत्यु हुनेहरुमा   प्रविन थापा,  निरज थापा,बिरबहादुर थापामगर, नविना थापा धनबहादुर थापा ज्यान गएको थियो ।सवै वडा र पालिका अन्र्तगतका सवै कार्यालयहरु, शिक्षण संस्थाहरु बन्द हुने उहाँले बताउनुभयो । गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले यस घटनाले सिंगो गाउँपालिकालाई स्तव्ध बनाएको भन्दै मृतक प्रति श्रदान्जली प्रकट गर्न शोक विदा दिइएको बताउनुभयो ।

     

     

    प्रकाशित मिति :आषाढ ८, २०८० शुक्रवार - १५:५९:०२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको