११ असार काठमाडाै ।नेपाल सरकारले अब आउने आगमी आर्थिक बर्षबाट वीर अस्पतालमा ७५० वटा जनरल बेड निःशुल्क गराएको छ। शुक्रबार बसेको कार्यकारी परिषदको बैठकले ७५० जनरल बेड निःशुल्क गर्ने निर्णय गरेको हो।चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का सहकुलपतीसमेत रहेका स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले पनि बेड निःशुल्क गर्न निर्देशन दिएका थिए।
यस अस्पतालमा प्रतिदिन दुई सय रुपैयाँ तिर्दै आएका बिरामीले अब ७५० वटा जनरल बेडमा कुनै शुल्क तिर्न नपर्ने नवनियुक्त उपकुलपति डा. भुपेन्द्र बस्नेतले जानकारी दिए। क्याबिनमा सिंगल डबल, ट्रिपल बेड हेरि दैनिक २ हजारदेखि ३ हजार शुल्क तिर्नपर्नेछ भने आइसियको प्रतिदिन ३ हजार शुल्क लाग्नेछ ।जनरल बेड निःशुल्क गर्दा अस्पताललाई वार्षिक झण्डै वार्षिक ७ करोड आर्थिक भार पर्ने र यो भार क्याबिन, आइसियुको शुल्क, अपरेशको संख्या बढाएर व्यवस्थापन गरिने छ । यसका साथै अब बिरामीहरुलाई उपचार बेडकाे लागि कुनै पनि समस्य नहुने पनि र सेवाकाे हिसाबले नि आर्थिक अवस्था वा गरिबि जस्ता प्रकिया कुरा सजिलै सगै समधान गर्ने सकिने डा. भुपेन्द्र बस्नेतले जानकारी दिए ।