Logo

बुधवार, कार्तिक १२ गते २०८३

निजी विद्यालयले पनि सरकारी विद्यालय सरह शिक्षकहरूलाई तलब भत्ता दिनुपर्ने बताए : महानगरपालिकाका मेयर बालेन

निजी विद्यालयले पनि सरकारी विद्यालय सरह शिक्षकहरूलाई तलब भत्ता दिनुपर्ने बताए : महानगरपालिकाका मेयर बालेन

जोईन खबर

१४, आषाढ २०८०
  • 694
    SHARES
  • निजी विद्यालयले पनि सरकारी विद्यालय सरह शिक्षकहरूलाई तलब भत्ता दिनुपर्ने बताए :  महानगरपालिकाका मेयर बालेन

    १४ असार काठमाडौँ  । काठमाडौँ महानगरपालिकाका मेयर बालेनले निजी विद्यालयले पनि सरकारी विद्यालय सरह शिक्षकहरूलाई तलब भत्ता दिनुपर्ने बताएका छन् । मेयर साहले सार्वजनिक रूपमा नै शिक्षकहरूको तलब सार्वजनिक गर्दै सोही अनुसार व्यवस्था गर्नु पर्ने जनाएका छन् ।काठमाडौँ महानगरपालिकामा संस्थागत निजी विद्यालयको शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको छ तर ‘शिक्षा ऐन, २०२८’ को दफा १२ (७) (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ 

    images

    शाहले भनेका छन यस्तै काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ।

    images
    images
    images

    सोही बमोजिम काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने निम्न अनुसारको तलब सुविधा संस्थागत विद्यालयको शिक्षकलाई पनि प्राप्त गराउन काठमाडौं महानगरपालिकाका सम्पूर्ण संस्थागत विद्यालयहरूलाई सूचित गरिएको भन्दै तलब स्केल सार्वजनिक गरेका छन् ।

      balen.jpg

     

    प्रकाशित मिति :आषाढ १४, २०८० बिहिवार - १०:३०:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको