Logo

बुधवार, कार्तिक १२ गते २०८३

नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य काशीराम यादवले दिए पार्टीका सबै जिम्मेवारीबाट राजीनामा

नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य काशीराम यादवले दिए पार्टीका सबै जिम्मेवारीबाट राजीनामा

जोईन खबर

१२, कार्तिक २०८३
  • 181
    SHARES
  • नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य काशीराम यादवले दिए पार्टीका सबै जिम्मेवारीबाट राजीनामा

    ११ कार्तिक काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य काशीराम यादवले पार्टीका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन्। यादवले २०८३ साल कात्तिक ८ गते पार्टी अध्यक्षलाई सम्बोधन गर्दै औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन्।

    images

    पार्टीको केन्द्रीय तहमा जिम्मेवारी सम्हालिरहेका यादवले एकाएक सबै जिम्मेवारीबाट अलग हुने निर्णय लिएपछि उनको राजीनामालाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

    images
    images
    images

    पार्टीभित्र आन्तरिक असन्तुष्टि तथा राजनीतिक समीकरणलाई लिएर विभिन्न खालका छलफल र मतभेद भइरहेका बेला यादवको राजीनामा आएको हो। यद्यपि, उनले राजीनामा दिनुको विस्तृत कारण भने सार्वजनिक भएको छैन।

    यादवको निर्णयले नेपाली कम्युनिस्ट पार्टीको सांगठनिक वृत्तमा थप चर्चा सिर्जना गरेको छ। उनको राजीनामाबारे पार्टीको आधिकारिक धारणा तथा आगामी राजनीतिक कदमबारे भने थप विवरण सार्वजनिक हुन बाँकी छ।

     

    प्रकाशित मिति :कार्तिक १२, २०८३ बुधवार - १५:१३:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको