Logo

बुधवार, कार्तिक १२ गते २०८३

गण्डकीमा रास्वपाबाट गाउँपालिका अध्यक्ष बन्न १९७ जनाको आवेदन, मुस्ताङ र मनाङमा शून्य

गण्डकीमा रास्वपाबाट गाउँपालिका अध्यक्ष बन्न १९७ जनाको आवेदन, मुस्ताङ र मनाङमा शून्य

जोईन खबर

१२, कार्तिक २०८३
  • 211
    SHARES
  • गण्डकीमा रास्वपाबाट गाउँपालिका अध्यक्ष बन्न १९७ जनाको आवेदन, मुस्ताङ र मनाङमा शून्य

    ११ कार्तिक काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को ‘गाउँपालिका क्यान्डिडेट क्लब’ मा गण्डकी प्रदेशका गाउँपालिका अध्यक्ष पदका लागि हालसम्म १९७ जनाले आवेदन दिएका छन्। पार्टीले गाउँपालिका अध्यक्षको उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि भदौ १ गतेदेखि अनलाइन आवेदन खुला गरेको थियो।

    images

    गण्डकी प्रदेशका ११ जिल्लामध्ये मुस्ताङ र मनाङबाट भने गाउँपालिका अध्यक्षको उम्मेदवार बन्न हालसम्म कसैले आवेदन दिएका छैनन्। मुस्ताङमा पाँच र मनाङमा चार गाउँपालिका छन्। म्याग्दीका पाँच गाउँपालिकामध्ये तीनवटाबाट मात्रै अध्यक्ष पदका आकांक्षीले आवेदन दिएका छन्।

    images
    images
    images

    रास्वपाका गण्डकी प्रदेश सभापति नवीन त्रिपाठीका अनुसार मनाङ र मुस्ताङमा पार्टी संगठन निर्माणकै चरणमा रहेकाले ती जिल्लाबाट हालसम्म अध्यक्ष पदका आकांक्षी नदेखिएका हुन्।

    रास्वपाबाट गाउँपालिका अध्यक्ष बन्न इच्छा राखेर आवेदन दिनेमा गोरखाका सबैभन्दा बढी ४१ जना छन्। त्यसपछि स्याङ्जाबाट ३२, कास्कीबाट ३१, तनहुँ र पर्वतबाट २३र२३, बागलुङबाट १६, नवलपुरबाट १४, लमजुङबाट ११ र म्याग्दीबाट ६ जनाले आवेदन दिएका छन्।गण्डकी प्रदेशमा कुल ५८ गाउँपालिका छन्। गाउँपालिकाको संख्या सबैभन्दा बढी रहेको गोरखामा अध्यक्ष पदका आकांक्षी पनि सबैभन्दा धेरै देखिएका छन्।

    गोरखामा ४१ जना आकांक्षी

    गोरखाका नौ गाउँपालिकामध्ये अजिरकोटमा नौ, भीमसेनथापामा चार, बारपाक सुलिकोटमा पाँच, चुमनुब्रीमा एक, धार्चेमा एक, गण्डकीमा सात, शहीद लखनमा सात र सिरानचोकमा सात जनाले गाउँपालिका अध्यक्षको उम्मेदवार बन्न इच्छा देखाएका छन्।

    गोरखाको पालुङटार नगरपालिका गाउँपालिका सूचीमा पर्दैन। जिल्लाका गाउँपालिकामध्ये प्राप्त विवरणअनुसार उल्लेखित आठ गाउँपालिकाबाट गरी ४१ जनाको आवेदन परेको छ।

    स्याङ्जामा ३२ र कास्कीमा ३१ जनाको आवेदन

    छ गाउँपालिका रहेको स्याङ्जाबाट अध्यक्ष पदका लागि ३२ जनाले अनलाइन आवेदन दिएका छन्। जिल्लाको आँधीखोला गाउँपालिकामा सबैभन्दा बढी १० जना आकांक्षी देखिएका छन्। अर्जुनचौपारीमा छ, बिरुवामा दुई, हरिनासमा पाँच, कालीगण्डकीमा तीन र फेदीखोलामा छ जनाले आवेदन दिएका छन्।

    चार गाउँपालिका रहेको कास्कीबाट ३१ जनाले अध्यक्ष पदमा उम्मेदवारी दिने इच्छा देखाएका छन्। अन्नपूर्ण गाउँपालिकाबाट आठ, माछापुच्छ्रेबाट नौ, मादीबाट १२ र रुपाबाट दुई जनाले आवेदन दिएका छन्।

    तनहुँ र पर्वतबाट २३र२३ जना

    तनहुँका छ गाउँपालिकाबाट कुल २३ जनाले अध्यक्ष पदका लागि आवेदन दिएका छन्। आँबुखैरेनीमा दुई, बन्दीपुरमा छ, देवघाटमा चार, घिरिङमा छ, म्याग्देमा चार र ऋषिङमा एक जनाले आवेदन दिएका छन्।

    पर्वतका पाँच गाउँपालिकाबाट पनि २३ जनाले आवेदन दिएका छन्। विहादीमा सात, जलजलामा तीन, महाशिलामा दुई, मोदीमा छ र पैयुँमा पाँच जना अध्यक्ष पदका आकांक्षी छन्।

    बागलुङमा १६ र नवलपुरमा १४ जना

    छ गाउँपालिका रहेको बागलुङमा १६ जनाले अध्यक्ष पदमा इच्छा देखाएका छन्। बडिगाडमा तीन, बरेङमा दुई, काठेखोलामा चार, निसीखोलामा चार, तमानखोलामा दुई र ताराखोलामा एक जनाले आवेदन दिएका छन्।

    नवलपुरका गाउँपालिकामध्ये बौदीकालीबाट दुई, बुलिङटारबाट चार र हुप्सेकोटबाट आठ जनाले अध्यक्ष पदको उम्मेदवार बन्न आवेदन दिएका छन्। जिल्लाको विनयी त्रिवेणी गाउँपालिकाबाट प्राप्त विवरणमा आकांक्षीको संख्या उल्लेख छैन।

    लमजुङबाट ११ र म्याग्दीबाट ६ जना

    लमजुङका चार गाउँपालिकाबाट ११ जनाले अध्यक्ष पदमा उम्मेदवारी दिने इच्छा देखाएका छन्। दोर्दीबाट दुई, दूधपोखरीबाट पाँच, क्व्होलासोथारबाट एक र मर्स्याङ्दीबाट तीन जनाले आवेदन दिएका छन्।

    म्याग्दीका पाँच गाउँपालिकामध्ये धवलागिरि, मंगला र रघुगंगा गाउँपालिकाबाट दुईरदुई जनाले आवेदन दिएका छन्। अन्नपूर्ण र मालिका गाउँपालिकाबाट भने हालसम्म कसैले अध्यक्ष पदमा इच्छा देखाएका छैनन्। जिल्लाबाट आवेदन दिने आकांक्षीको कुल संख्या छ जना रहेको छ।

    अध्यक्षमा आकर्षण, सदस्य पदमा न्यून आवेदन

    रास्वपाले गाउँपालिका र नगरपालिकामा जनप्रतिनिधि बन्न इच्छुक व्यक्तिका लागि आवेदन खुला गरेको छ। गाउँपालिका अध्यक्ष पदमा उल्लेख्य संख्यामा आकांक्षी देखिए पनि उपाध्यक्ष र सदस्य पदमा आवेदनको संख्या तुलनात्मक रूपमा कम रहेको पार्टीका गण्डकी प्रदेश सभापति त्रिपाठीले बताए।

    “अध्यक्षको तुलनामा उपाध्यक्षमा आवेदन कम छ। सदस्यमा त्यसभन्दा पनि कम आवेदन परेको छ,” त्रिपाठीले भने, “आवेदनका लागि समय छँदैछ। ल्याटरल इन्ट्रीका लागि प्रतीक्षा गर्नेहरू पनि हुनुहुन्छ।”रास्वपाले उम्मेदवार बन्न आवेदन दिने समयसीमा भने हालसम्म तोकेको छैन। पार्टीले गाउँपालिकाका लागि भदौ १ गतेदेखि र नगरपालिकाका जनप्रतिनिधि बन्न इच्छुकका लागि असोज २९ गतेदेखि आवेदन खुला गरेको जनाएको छ।

    प्रकाशित मिति :कार्तिक १२, २०८३ बुधवार - १४:५४:४७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको