१४ असार काठमाडाै । गाेरखा शहिदलखन गाउँपालिकाले प्रत्येक वडामा नर्सरी स्थापना गर्ने भएको छ । पालिकाको आर्थिक वर्ष २०८०।०८१ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नर्सरी स्थापना गर्ने निर्णय गरीएकाे छ।
गाउँपालिकाको कार्य सम्पादनमा अग्रणी स्थानमा रहेको शहिदलखन गाउँपालिकाले काममा सक्रिय रूपमा हुँदै आएको छ । गाउँपालिका भित्रका नागरिकहरुलाइ उत्पादनमा जोड दिन लगाउने र उत्पादकत्व बढाइ आत्मनिर्भर बनाउने नीति पालिकाले लिएको छ । प्रत्येक वडामा कृषि उपजकेन्द्र स्थापना गरिने गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले जानकारी दिनुभयो ।
किसानले उत्पादन गरेका बस्तुलाइ हाटबजारमा लगेर विक्री गर्छाैँ, किसानले समान लिएर बजार जाने र पैसा लिएर घर फर्कने बातावरण यस अघि देखि नै लागू गरिरहेको र यसलाइ थप व्यवस्थित गरिने पालिका अध्यक्ष रमेशबाबु थापा मगरले बताउनुभयो । कृषिलाइ आधुनिकिकरण गर्ने, रेशम खेती कार्यक्रमलाइ प्रोत्साहन गर्ने कृषि नीति पालिकाले लिएको छ ।