Logo

बिहिवार, श्रावण १४ गते २०८३

अन्तर्राष्ट्रिय विमानस्थलमा ४ हजारभन्दा बढीलाई विमानस्थलबाटै फर्काइयो

अन्तर्राष्ट्रिय विमानस्थलमा ४ हजारभन्दा बढीलाई विमानस्थलबाटै फर्काइयो

जोईन खबर

१४, आषाढ २०८०
  • 742
    SHARES
  • अन्तर्राष्ट्रिय विमानस्थलमा ४ हजारभन्दा बढीलाई  विमानस्थलबाटै फर्काइयो

    १४ असार काठमाडाै ।नेपालकाे अन्तर्राष्ट्रिय विमानस्थलमा  भिजिट भिसाको आवरणमा वैदेशिक रोजगारमा जाने क्रम बढेको भन्दै मानव बेचबिखन अनुसन्धान ब्युरोले अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरिरहेको छ।पछिल्लो एक वर्षमा भिजिट भिसा लिएर वैदेशिक रोजगारमा जान लागेका चार हजारभन्दा बढीलाई विमानस्थलबाट फिर्ता पठाइएको विभागले जनाएको छ। यसमा पुरुषभन्दा महिला धेरै छन्।

    images

    २०७९ माघमा भिजिट भिसामा वैदेशिक रोजगारका लागि हिँडेका १९३ महिला र ५७ पुरुष गरी २५० जनालाई फिर्ता गरिएको थियो। फागुनमा ३३१ महिला र २२६ पुरुष गरी ५५७ जनालाई र चैतमा ५२६ महिला र १२७ पुरुष गरी ६५३ जनालाई फर्काइयो।

    यो वर्ष वैशाखयता मात्रै १ हजार ७ सय ११ जनालाई फर्काएको ब्युरोले जनाएको छ।भिजिट भिसामा जानेहरूको मुख्य गन्तव्य खाडीमा युएई, ओमान, कतार, कुवेत र बहराइन हुन्छन्। युरोपेली देशमा सर्बिया, पोर्चुगल, टर्की, साइप्रस हुन्छन् भने अमेरिका जाने भनेर अजरबैजान, अफ्रिकी मुलुकहरू र दक्षिण अमेरिकी मुलुक पुग्ने गरेको पनि ब्युरोले जनाएको छ। 

    आर्थिक वर्ष २०७९/८० को माघदेखि भिजिट भिसामा वैदेशिक रोजगारका लागि दुबई, ओमान, कतार, कुवेत र बहराइन हिँडेका २ हजार १ सय ५ महिला र ९ सय ९६ पुरुष गरी ३ हजार १ सय १ जनालाई फर्काइएको छ।

    प्रकाशित मिति :आषाढ १४, २०८० बिहिवार - १६:२८:२० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको