१४ असार काठमाडाै । गोरखाका फूजेलमा जन्मिएका राजीव तिवारी मिस्टर नेपाल २०२३’ को फिनालेमा पुगेका छन् । तिवारीसंगै २० प्रतियोगी फिनालेमा पुगेका छन् । देशभर आयोजना गरिएको अडिसनबाट तीन सय प्रतियोगी छानिएका मध्येबाट गोरखाका तिवारी अन्तिम २० सेमिफाइनलिस्टमा पुग्न सफल भएका हुन्।खल्ती एपबाट भोटिङ समेत खुला गरिएको छ। तिवारीले आफुलाई भोटिङ सहयोग गर्न अपिल गरेका छन्। आफु जन्मेको भुमिको लागि केहि गर्ने योजानाका साथ प्रतियोगितामा सहभागीभएको तिवारीले बताएका छन् ।
२० जना मध्ये सेमिफाइनलिस्टमा पर्ने गाेरखा फूजेलका राजीव तिवारी काठमाडौं निमेश कपाली ,महेन्द्रनगर राजन ऐयर , भक्तपुरअसिम लामिछाने, कञ्चनपुर रोहित भाट , भक्तपुर रोहिम धौभडेल , विराटनगर समर्पण कार्की , ललितपुर लोकेश प्रधानाङ्ग, झापा रिकेश प्रसाईं , चितवन विजय दुवाडी , ललितपुरअनुभव जोशी ,सर्लाही आयनराज चौधरी , ललितपुर मिकाज कार्की , अछाम डायमण्ड ढुंगाना, मोरङ रमननाथ गिरी पोखरा स्वप्निल अधिकारी , जनकपुर प्रेमकुमार यादव , पोखरा दीपेन्द्र शाही , काभ्रे कृषल श्रेष्ठ , झापा प्रवीण पाठक रहेका छन्।

प्रशिक्षणमा पौडी, फुटबल, चट्टान आरोहण, समाजसेवा, हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका दर्जन बढी विषय समावेश छन्। छनोट चरणको अडिसन विराटनगर, जनकपुर, भरतपुर, बुटवल, पोखरा र काठमाडौंमा भएको थियो।

मिस्टर नेपाल ‘न्युलुक मिस्टर नेपाल’ को नामबाट आयोजना हुँदैछ। १६ देखि ३२ वर्षको उमेर ननाघेका युवाको सहभागिता रहने प्रतिस्पर्धामा ५ फिट ८ इन्चभन्दा बढी उचाइ भएका नेपाली नागरिक रहनुपर्ने प्रावधान राखिएको छ। शीर्ष विजेताले ‘मिस्टर वर्ल्ड २०२३’ वा ‘मिस्टर ग्लोबल २०२३’ मा नेपालको प्रतिनिधित्वसहित पाँच लाख रुपैयाँ बराबरको पुरस्कार हात पार्नेछन्।