१५ असार काठमाडौ । गोरखाको धार्चे गाउँपालिकामा “बाल विवाह र बहु विवाह न्यूनीकरण” सम्बन्धी अन्तर्क्रिरया कार्यक्रम सम्पन्न भएको छ । वाल विवाह विरुद्धको अभियानलाई सफल बनाउने उदेश्यले एक दिने “बाल विवाह र बहु विवाह न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिनुभयो ।
गाउँपालिकाले आगामि आर्थिक बर्ष २०८० ÷ ०८१ को निति तथा कार्यक्रममा नै यो बिषयलाई प्राथमिकतामा राखेको छ ।बाल विवाह र बहु विवाहले साथी भाइको लहैहलैमा लागेर वा देखासिख गरेर सानै उमेरमा बिबाह गर्दा शिक्षाबाट बञ्चित भई सानै उमेरमा बच्चा जन्माउने र पाठेघरको गम्भीर समस्या बच्चा र आममा कुपोषण जस्ता । रोगको सिकार बनु पर्ने मात्रामा देखा पर्न थालेको उहाँले बताउनुभयो । गाउँमा सानै उमेरमा बिबाह गर्ने फेसन जस्तै भएको छ ।
अहिले समाजमा सानै उमेरमा बिबाह गर्ने डिभोस गर्ने प्रबृद्धिले समाजामा बिकारल रुपलिदै गएको उहाँले बताउनुभयो ।कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ, उपाध्यक्ष सुनिला गुरुङ, जिल्ला प्रहरी कार्यलयका गोरखाका प्रहरी सहायक निरीक्षक मीन बहादुर छेत्री, पालिका कार्मचारी लगातको सहभागीता रहेको थियो ।