Logo

बिहिवार, श्रावण १४ गते २०८३

नारायणगढ–मुग्लिन पुनःअवरुद्ध

नारायणगढ–मुग्लिन पुनःअवरुद्ध

जोईन खबर

१६, आषाढ २०८०
  • 613
    SHARES
  • नारायणगढ–मुग्लिन पुनःअवरुद्ध

    १६ असार काठमाडाै । नारायणगढ–मुग्लिन सडकखण्ड पुन अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोला नजिक फेरि पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । 

    images

    आज बिहान ११ः३५ बजे पुनःपहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । आज बिहान ३ः१५ बजे सोही स्थानमा पहिरो खसेर सडक बन्द भएको सडक सञ्चालन भएको केहीबेरमा पुनःपहिरो खसेर अवरुद्ध भए र अहिले पहिरो पन्छाउने कार्य भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

     बिहीबार दिउँसो पनि सोही ठाउँमा पहिरो खसेर बन्द भएको सडक शुक्रबार बेलुकी ५ बजेदेखि खुलेको थियो । पहिरो झरेर सडक अवरुद्ध भइरहने हुनाले उक्त स्थानमा अपरेटरसहितको मेसिन तैनाथ रहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

     

    प्रकाशित मिति :आषाढ १६, २०८० शनिवार - २०:२०:३१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको