३१असार काठमाडाै । गोरखाको बारपाक सुलिकोट गाउँपालिकालाई तिन संस्था मिलेर गर्भवती महिलाको भिडियो एक्सरे चेकजाँच गर्ने उपकरण सहितको स्वास्थ्य सामाग्री प्रदान गरिएको हाे । मुटु फाउन्डेशन नेपाल, मनोज एशोसिएसन फ्रान्स र हम्ड ब्रेस्ट फ्रान्स नामक संस्थाको संयुक्त साझेदारीमा बारपाक सुलिकोट गाउँपालिकालाई एक थान भिडियो एक्सरे मेसिन तथा ७२ थान स्टेचर प्राप्त गरेको गाउँकार्यापालिका सदस्य जीतबहादुर नेपालीले जानकारी दिनुभयो ।
गर्भवती महिलाहरुको गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्था जाँच गर्न सहयोग पुराउने उद्देश्यले भिडियो एक्सरे मेसिन गाउँपालिकालाई उपलब्ध गराएको हो । गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरी उक्त सामाग्री गाउँपालिकाकी उपाध्यक्ष सनमाया गुरुङलाई हस्तान्तरण गरेको गाउँकार्यापालिका सदस्य जीतबहादुर नेपालीले बताउनु भयाे ।