Logo

बुधवार, कार्तिक १२ गते २०८३

गोरखा–काठमाण्डौंको भाडादर घट्यो , कुन ठाउमा कति भाडा ?

गोरखा–काठमाण्डौंको भाडादर घट्यो , कुन ठाउमा कति भाडा ?

जोईन खबर

२, श्रावण २०८०
  • 844
    SHARES
  • गोरखा–काठमाण्डौंको भाडादर  घट्यो , कुन ठाउमा कति भाडा ?

    २ साउन काठमाडाै । नेपाल सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागु गरेसँगै गोरखादेखि काठमाण्डौं जाने सार्वजनिक यातायातको भाडा पनि घटाएको छ । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाए लगत्तै यातायात ब्यवस्था विभागले पनि भाडा समायोजन गरेको हो ।

    images

    यातायात ब्यवस्था विभागले आज सार्वजनिक गरेको भाडा दर अनुसार सोमबारदेखि ने लागु हुने गरी काडमाण्डौंका लागि ४३२ रुपैयाँ तोकेको छ । यस अघि गोरखाबाट काठमाडौं जादा ४४१ रुपैयाँ भाडा तिनुपर्ने र सार्वजनिक भएको भाडादर गोरखाबाट काठमाण्डौ चल्ने बसले ४५० र माईक्रोले ५६० रुपैयाँ उठाउदै आएको छ । तस्तैगरी, गोरखा–नारायणगढ ६७ किलोमिटरको लागि यात्रुले २५० रुपैयाँ तिदै आएको छ ।

    images
    images
    images

    यता पोखराको लागि चल्ने माईक्रोले  ४७५ र बसले  ४०० रुपैयाँ लिदै आएको छ । अनुरा भैरहवाका लागि ६००, बिरगञ्ज ५६७ र जनकपुरका लागि ८१३ रुपैयाँ ताकिदिएको छ । पुरानो भाडादरमा भैरहवाका लागि ६१३, बिरगञ्जका लागि ५७९ र जनकपुरका लागि ८३१ रुपैयाँ तिनुपर्ने थियो ।

    नयाँ भाडादर सार्वजनिक भएता पनि गोरखाबाट बाहिरिने कुनै पनि सवारी साधानले आज भाडा समायोजन गरेको छैन । सदरमुकाममा रहेको टिकट काउन्टरमा बुझदा नयाँ भाडादर नआएकोले पुरानो भाठादरमा टिकट काटेको जनाएको छ । घटाएको भाडादर आजदेखि नै लागु हुनेछ भन्दै त्यसको अनुगमण यातायात ब्यवस्था कार्यालय र ट्राफिक प्रहरीलाई जिम्मा दिइएको छ । 

    प्रकाशित मिति :श्रावण २, २०८० मंगलवार - १०:०७:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको