२ साउन काठमाडाै । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित श्रद्धाञ्जलीसभामा उनले आफूलाई पत्नी सीताको अन्तिम अवस्था कष्टप्रद हुन्छ कि भन्ने चिन्ता रहेको तर उनको मृत्यु शान्तिपूर्ण रहेको बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो जीवन संगीनीको मृत्यु शान्त र सहज भएको बताएका छन् ।जीवन संगीनी सीता दाहालको निधनको शोक मनाउन आज लिखित सम्बोधन गरेका प्रधानमन्त्री प्रचण्डले भने ‘ थला नै परेपछि अन्तिम अवस्था दुखदायी र कष्टप्रद हुन्छ कि भन्ने चिन्ता थियो । आईसीयू वा भेन्टीलेटरमा पीडादायी मृत्युवरण देख्नुपर्छ कि भन्ने चिन्ता थियो ।
उनले बिहान सात बजे मात्रै सीतालाई अस्पताल पुर्याएको र साढे आठ बजे नै उनले प्राण त्यागेको सुनाए । उनले आफ्नो दुखको क्षणमा पाएको सद्भाव र सह्दयताप्रति आभार व्यक्त गर्दै सबैलाई धन्यवाद दिए ।मेरो जीवनसाथी एवम् सहयोद्धा कमरेड सीता दाहालको निधन भएकामा सबैको साथ र समवेदनाले यो पिडाबाट निस्किन हामीलाई मद्दत मिलेको छ ।
साथै, देश र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरिरहेको महसुस गरेका छौं ।मञ्चमा प्रधानमन्त्री दाहाल दायाँबायाँ दुई छोरी रेणु दाहाल र गंगा दाहालसँग बसेका थिए । उनीहरू तीन जनाले सेतो वस्त्र लगाएका थिए । कार्यक्रमको माहोल भावुक थियो । श्रद्धाञ्जली कार्यक्रममा सभामुख देवराज घिमिरे तथा पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल तथा डा. बाबुराम भट्टराई पनि मञ्चमा बसेका थिए ।