Logo

बुधवार, कार्तिक १२ गते २०८३

कर्मचारीद्वरा कान्तिपुरका मालिकलाई ऐना उपहार

कर्मचारीद्वरा कान्तिपुरका मालिकलाई ऐना उपहार

जोईन खबर

३, श्रावण २०८०
  • 769
    SHARES
  • कर्मचारीद्वरा कान्तिपुरका मालिकलाई  ऐना उपहार

    ३ साउन काठमाडाै । कर्मचारीले कान्तिपुर मिडिया ग्रुपविरुद्ध लामो समयदेखि संघर्षरत श्रमजीवी पत्रकार संघले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।कान्तिपुरले कर्मचारी कटौतीका नाममा गैरकानुनी ढंगले श्रमजीवी पत्रकारहरुलाई कामबाट निकालेको भन्दै चरणबद्ध आन्दोलनमा रहेको संघले आज विज्ञप्ति जारी गर्दै थप संघर्षका कार्यक्रम अघि सारेको हो ।

    images

    letter.jpg

    images
    images
    images

    पटक–पटक माग सम्बोधनका लागि गरिएको प्रयासमा कान्तिपुरका मालिक सहमत नभएपछि बाध्य भएर अर्को चरणको आन्दोलनमा जानुपरेको विज्ञप्तिमा उल्लेख छ ।घोषित कार्यक्रममा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश शिरोहियाको घर घेराउदेखि उनी र उनका छोरा सम्भवलाई सांकेतिक विरोधस्वरूप ऐना उपहार दिनेसम्मका छन् । संघका अध्यक्ष जन्मदेव जैसीले आगामी शनिबार काठमाडौँ महानगरपालिका–४ स्थित धुम्बाराही पिपलबोट नजिकै रहेको शिरोहिया निवासमा प्लेकार्ड प्रदर्शन गर्दै धर्ना दिने कार्यक्रम तय गरिएको जानकारी दिए । साउन ८ गते मण्डिखाटारस्थित निवासमा पुगेर सांकेतिक विरोधस्वरूप शिरोहियाका बाबुछोरालाई ऐना उपहार दिने कार्यक्रम छ । 

     
     

    प्रकाशित मिति :श्रावण ३, २०८० बुधवार - १०:४२:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको