२३ भदौ,काठमाडौं । रक्षा मन्त्रालयले राष्ट्रिय गौरव तथा प्राथमिकता प्राप्त आयोजनाका लागि आर्थिक वर्षको सुरुमै पर्याप्त बजेट विनियोजन र अख्तियारी नभए निर्माण लक्ष्य हासिल गर्न कठिन हुने निष्कर्ष निकालिएको छ ।
मन्त्रालयले कालीगण्डकी करिडोर, कर्णाली करिडोर, बेनीघाट-आरुघाट-लार्के भञ्ज्याङ, खाँदवारी-सङ्खुवासभा, दार्चुला-तिङ्करलगायतका सडक निर्माणका लागि आर्थिक वर्षको सुरुमै पर्याप्त बजेट विनियोजन र अख्तियारीको आवश्यकता औंल्याएको हो ।
गत आर्थिक वर्ष २०७६/७७ मा सञ्चालित राष्ट्रिय गौरव तथा प्राथमिकताका आयोजना कार्यान्वयनमा देखिएका समस्या तथा राष्ट्रिय विकास समस्या समाधान समिति बैठकका निर्णय कार्यान्वयन स्थिति र आउँदाे कार्यक्रमको केही समयअघि भएको समीक्षामा यस्तो निष्कर्ष निकालिएको हो ।