उपाधिको प्रमुख दाबेदार भारतले दुई सातापछि श्रीलंका र पाकिस्तानमा हुने एसिया कप खेल्ने टोली घोषणा गरेको छ । भारतको टोलीमा दुई प्रमुख ब्याटर लोकेश राहुल र श्रेयस ऐर टोलीमा फर्किएका छन् । एसिया कप ३० अगष्ट देखी १७ सेप्टेम्बरसम्म हुनेछ । भारतका सबै खेल श्रीलंकामा हुनेछन् ।
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, सूर्यकुमार यादव, तिलक बर्मा, लोकेश राहुल, ईशान किशन, हार्दिक पान्ड्या (उपकप्तान), रविन्द्र जडेजा, शार्दुल ठाकुर, अक्षर पटेल, कुलदीप यादव, मोहम्मद शिराज, जस्प्रित बुमराह, मोहम्मद शामी र प्रसिद्ध कृष्ण, सन्जु स्यामसन (वैकल्पिक)