Logo

बुधवार, श्रावण १३ गते २०८३

आज शुक्रवारको राशिफल

आज शुक्रवारको राशिफल

जोईन खबर

८, भाद्र २०८०
  • 853
    SHARES
  • आज शुक्रवारको राशिफल

    मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सम्पत्ति हराउने र साँझमा खर्च बढ्न सक्छ ।

    images

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    आज विभिन्न अवसरले पछ्याउनेछन् । नजिकको मित्रसँग भेटघाट हुनेछ । पठनपाठनमा प्रगति हुनेछ, तर दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । नयाँ कार्यको थालनी हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ सफल यात्राको योग पनि छ ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    आज युक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । मनोरञ्जनमा सहभागिता भइएला । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ । 

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    आज भ्रमण, खानपान पहिरन तथा फेसनमा धन खर्च हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ, साथै जनताको गतिलो समर्थन पनि मिल्नेछ ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    आँटेको र ताकेको कार्य पुरा होला । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    चुनौती चिर्दै काम बनाउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।  ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    आजको प्रयत्न निष्फल जस्तै होला । अनावश्यक झमेलामा परिएला । चुनौतीको सामना गर्नुपर्ला । 

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    आज शत्रुहरू किनारा लाग्नेछन् । चिताएको कामले तीव्रता लिनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । 

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    आज शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी हुन सक्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । 

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    आज मेहनतीहरूका लागि दिन फलदायी रहने आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । 

    प्रकाशित मिति :भाद्र ८, २०८० शुक्रवार - १२:०१:१३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको