Logo

बुधवार, श्रावण १३ गते २०८३

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण बारे सदनलाई पनि जानकारी दिन माग : एमालेका सांसद रघुजी पन्त

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण बारे सदनलाई पनि जानकारी दिन माग : एमालेका सांसद रघुजी पन्त

जोईन खबर

२१, भाद्र २०८०
  • 817
    SHARES
  • प्रधानमन्त्री प्रचण्डको  चीन भ्रमण  बारे सदनलाई   पनि जानकारी दिन माग : एमालेका सांसद रघुजी पन्त

    २१ भदाै काठमाडाैँ ।आज बसेकाे  प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण जाने  कार्यसूचीबारे सदनलाई जानकारी दिन माग गरेका छन् ।

    images

    बैठकमा उनकाे बाेल्ने समयमा सांसद पन्तले प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्र अमेरिकाबाट सिधै चीन जानुभन्दा आफ्नै भूमिमा फर्किएर चीन जानु राम्रो हुने उल्लेख गर्दै चिनियाँ पुँजी र प्रविधि नेपालमा ल्याउन ठोस पहल गर्न आग्रह गरे ।

    उनले नेपाललाई आत्मनिर्भर हुने जलाशयसम्बन्धी परियोजनामा चीनले सघाउन सक्नेमा जोड दिँदै पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका विभिन्न सहरबाट सिधा हवाई उडान सञ्चालनको पहल गर्न र बिआरआई परियोजनामा हस्ताक्षर भइसकेकाले लागू गर्न स्मरण गराए । 

    प्रकाशित मिति :भाद्र २१, २०८० बिहिवार - १६:४३:१३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको