Logo

बुधवार, श्रावण १३ गते २०८३

प्रधानमन्त्री प्रचण्डले गाेरखा पुगेर माओवादीलाई जनताको पार्टीको रुपमा स्थापित गर्छौ

प्रधानमन्त्री प्रचण्डले गाेरखा पुगेर माओवादीलाई जनताको पार्टीको रुपमा स्थापित गर्छौ

जोईन खबर

२३, भाद्र २०८०
  • 832
    SHARES
  • प्रधानमन्त्री प्रचण्डले  गाेरखा पुगेर माओवादीलाई जनताको पार्टीको रुपमा स्थापित गर्छौ

     २३ भदाै काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गाेरखा पुगेर भने  हामी जनताको पार्टीको रुपमा स्थापित गरेरै छाड्ने बताउनु भएको छ ।अजिरकोट गाउँपालिकाको भच्चेकमा योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) को दोस्रो पालिकास्तरीय सम्मेलनलाई सम्बोधन वा बासुस्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुदैँ माओवादीले सुरु गरेको तीन महिने रुपान्तरण अभियानले पार्टीलाई जनताको पार्टीको रुपमा स्थापित गर्ने बताउनुभयो ।

    images

    यो पार्टीलाई फेरी जनताको बिचमा स्थापित गर्ने र राष्ट्र र राष्ट्रको जिम्मा लिने एक मात्र पार्टीको रुपमा स्थापित गर्छौ, हामीले विचार पनि संस्लेषण गर्ने तथा शक्ति पनि आर्जन गर्ने उद्देस्य लिएका छौ, उहाँले भन्नुभयो । गोरखाका नेता कार्यकता र जनसंगठनहरुले पनि पनि यो कुरालाई राम्रैसंग बुझुनु भएको छ भन्ने मलाई लागेको छ ।प्रधानमन्त्री दाहालले गोरखाबाट निर्वाचन जितेर गएपछि धेरै उतारचढावका बिचमा देशको नेतृत्व गर्ने जिम्मेवारी प्र्राप्त भएको भन्दै अहिले जनतालाई प्रत्यक्ष राहात दिएर सरकारले सुशासनको थालनी गरेको उल्लेख गर्नुभयो । 

    प्रधानमन्त्री दाहालले भ्रष्टाचार विरोधी अभियानले जनतामा उत्साह जागेको भएपनि भष्ट्राचारमा रमाउनेहरु भने अत्तलिएको बताउनुभयो । सुशासन र समृद्धिलाई प्राथमिकता दिएर सरकार अगाडि बढेको बताउनुहुदैँ सरकारको यो अभियान नरोकिने उल्लेख गर्नुभयो । आफु छिट्टै चीन भ्रमण जान लागेको बताउनुहुँदै उहाँले नेपालको विकास र देशको उत्तरी क्षेत्रका नाका खोल्ने लगायतका भ्रमणका एजेण्डा रहने जानकारी दिनुभयोे ।

    प्रकाशित मिति :भाद्र २३, २०८० शनिवार - २१:३०:५३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको