Logo

बुधवार, श्रावण १३ गते २०८३

प्रधानमन्त्री दाहालले कोशी प्रदेशको नामबारे संवादबाटै समाधान खोज्नुपर्ने

प्रधानमन्त्री दाहालले कोशी प्रदेशको नामबारे संवादबाटै समाधान खोज्नुपर्ने

जोईन खबर

२५, भाद्र २०८०
  • 913
    SHARES
  • प्रधानमन्त्री दाहालले कोशी प्रदेशको नामबारे संवादबाटै समाधान खोज्नुपर्ने

    २५ भदाै काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशको नामबारे संवादबाटै समाधान खोज्नुपर्ने बताएका छन् ।समाजवादी मोर्चाले सोमबार बिराटनगरमा गरेको सन्देश सभामा ‘प्रचण्ड’ले नामकरणलाई लिएर असन्तुष्टि सुरु भएलगत्तै आफूले असन्तुष्ट पक्षलाई बालुवाटार बोलाएर संवाद गरेको बताए ।उनले भने, ‘कन्फ्रन्टेसन होइन, वार्ता र संवादबाट जनताको भावनाको कदर हुने गरी समाधान खोजिनुपर्छ ।

    images

    संवाद नगरी कन्फ्रन्टेसनमा जाने हो भने परिवर्तन उल्ट्याउन चाहनेहरूले फाइदा उठाउन सक्ने प्रधानमन्त्री ‘प्रचण्ड’ले बताए ।माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ले भुटानी शरणार्थी प्रकरण, ललिता निवास र सुन काण्डमा सरकारले चालेको कदमबाट एकथरी मानिस आतङ्कित भएको बताए ।

    प्रकाशित मिति :भाद्र २५, २०८० सोमवार - १६:५७:२७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको